मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिहीबार, साउन ११, २०८०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई अवार्ड
बिहीबार, साउन ११, २०८०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले अवार्ड प्राप्त गरेको छ । उसले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि युरोमनी–अवार्ड फर एक्सेलेन्स अवार्ड प्राप्त गरेको हो । युरोमनी बेलायतमा सम्मानित अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो । बैंकले यस प्रतिष्ठित अवार्ड प्राप्त गरेको यो सहित तेस्रो पटक हो ।
नर्सरी रामपुर नगर सरकारलाई हस्तान्तरण
बुधबार, साउन १०, २०८०
जिल्लाको रामपुर नगर सरकारलाई विरुवासहितको नर्सरी हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय पाल्पाले विरुवासहितको नर्सरी नगर सरकारलाई हस्तान्तरण गरेको हो ।
सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति
मंगलबार, साउन ९, २०८०
सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले आव २०७९/८० मा उत्साहजनक प्रगति गरेको छ । डिभिजन कार्यालयले शिक्षा, खेलकुद, सामुदायिक भवन निर्माणका काममा ८६.६ प्रतिशत सफलता प्राप्त गर्दै उत्साजनक प्रगति गरेको हो ।
आहा ! यस्ता पो जनप्रतिनिधि
मंगलबार, साउन ९, २०८०
राष्ट्रदोहन र राज्यकोषको दुरुपयोग बढिरहेको वर्तमान अवस्थामा सरकारका मन्त्री र सांसदहरुलाई सरकारी बजेट सकेर सुविधा मोहको होडबाजी चलिरहेका छन् । यति सम्मकी काठमाडौंमा घर हुने नेता/सांसदले राज्यबाट पाइने घरभाडा रकममा मन थाम्न नसकेको खबर पनि सार्वजनिक भएको छ ।
छुट्टाछुट्टै स्थानमा डुबेर छ जनाको मृत्यु
सोमबार, साउन ८, २०८०
देशका विभिन्न स्थानमा डुवेर ६ जनाको मृत्यु भएको छ । रुपन्देही, कैलाली, बर्दिया, कास्की, दाङ लगायतका स्थानमा डुबेर ६ जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–१ सोनारेटस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ । तिलोत्तमा नगरपालिका–१५ मधवलियाका भिम नारायण...
नीतिगत दरमा सामान्य लचकता, बैंकिङ कसुर ऐन संशोधन गर्ने तयारी
सोमबार, साउन ८, २०८०
नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०÷८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दरमा सामान्य लचकता अपनाएको छ । नीतिगत दर घटाएर ६ प्रतिशत कायम गरेको छ । हाल यस्तो दर ७ प्रतिशत थियो । नीतिगत दर घटेपछि बैंकहरुले राष्ट्र बैंकमार्फत लिने...
गुल्मीको मालिकामा स्थानीय आलुको ब्राडिङ्ग
सोमबार, साउन ८, २०८०
जिल्लाको मालिका गाउँपालिकाले स्थानीय आलुलाई ब्राडिङ्ग गरी बजारमा पठाउन थालेको छ । ‘गाउँका कृषकले बजार पाउने, शहरका उपभोक्ताले गुणस्तर पाउने’ भन्ने मूल नाराका साथ स्थानीय पहिचानसँग जोडिएको मालिकाको स्थानीय आलुको ब्राण्ड तथा प्याकेजिङ्ग गरी बजार पठाउन थालिएको हो ।
पूर्वउपप्रमुख खनालको निधन
आइतबार, साउन ७, २०८०
बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आइतबार बिहान निधन भएको हो ।
पाल्पामा चार दलले गरे समाजवादी मोर्चा गठन
आइतबार, साउन ७, २०८०
पाल्पामा चार दलले समाजवादी मोर्चा नेपाल गठन गरेका छन् । केन्द्रमा समाजवादी मोर्चा गठन भएसँगै पाल्पामा पनि सोही अनुरुप मोर्चा गठन गरिएको हो ।
पाल्पाको रैनादेवी छहरामा करेन्ट लागेर एक पुरुषको मृत्यु
आइतबार, साउन ७, २०८०
करेन्ट लागेर एक पुरुषको ज्यान गएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका– ३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बरम्लेको करेन्ट लागेर मृत्यु भएको हो ।
लम्पी स्किन बिरुद्ध खोप अभियान
आइतबार, साउन ७, २०८०
जिल्लामा लम्पी स्किन भाईरस बिरुद्धको खोप अभियान सुरु गरिएको छ । पछिल्लो समयमा पशु चौपायमा संक्रमण बढ्दै जान थालेपछि खोप अभियान सञ्चालन गरिएको हो । खोप अभियानको एक औपचारिक कार्यक्रम गरी शुुभारम्भ गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख दोर्णबहादुर खत्रीले अभियानको शुभारम्भ गरेका हुन् ।
पुष्पलाल र बीपीः सम्झने मात्र कि उहाँहरुबाट सिक्ने पनि ?
आइतबार, साउन ७, २०८०
हरेक वर्ष साउन महिनाको ६ गते बीपी र ७ गते पुष्पलालको फोटोमा माल्र्यापण गरेपछि नेताहरुले उहाँहरुको योगदानबारे चर्चा गर्दै अब हामी पनि उहाँले देखाएको मार्गमा हिड्छौँ भन्छन् । कार्यक्रमस्थलबाट बाहिरए पछि ती नेता वा कार्यकर्ताले बीपी र पुष्पलाललाई बिर्सने गरेकाले नै देशमा विकृति, विसंगति मौलाएको छ ।