Shittalpati
बगनासकालीमा व्यक्तिगत घटना दर्ता सचेतना कार्यक्रम
बगनासकालीमा व्यक्तिगत घटना दर्ता सचेतना कार्यक्रम जिल्लाको बगनासकाली गाउँपालिकाले व्यक्तिगत घट्ना दर्ता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । व्यक्तिगत घटना सम्बन्धी सचेतना सप्ताह अन्तर्गत पालिकाले सबै वडामा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।  
गुल्मीको कालीगण्डकीमा वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित
गुल्मीको कालीगण्डकीमा वडामै पुगेर सेवा प्रवाह, नागरिक उत्साहित गुल्मीको कालीगण्डकी गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
बैंकहरूले फेरि घटाए निक्षेपको ब्याजदर
बैंकहरूले फेरि घटाए निक्षेपको ब्याजदर निक्षेप बढ्दै जाने, तर कर्जाको माग न्यून भएपछि बैंकहरूले निक्षेपको ब्याजदर फेरी घटाएका छन् । १३ वाणिज्य बैंकहरूले चैतको तुलनामा बैशाखदेखि लागू हुने गरी औसतमा ०.२९ प्रतिशत विन्दुले घटाएका हुन् ।
निजामती कर्मचारी युनियन पाल्पाको शुभकामना सहित भित्ते पात्रो विमोचन
निजामती कर्मचारी युनियन पाल्पाको शुभकामना सहित भित्ते पात्रो विमोचन नेपाल निजामित कर्मचारी युनियन जिल्ला कार्यसमिति पाल्पाले नव वर्षको शुभकामना आदनप्रदान एवं भित्ते पात्रो र टेबल पात्रो २०८१ को विमोचान गरेको छ । कर्मचारी युनियन पाल्पाले एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान–प्रदान र पात्रो विमोचन कार्यक्रम गरेको हो । 
रिब्दीकोटमा मैत्रीपूर्ण फुटबल : जनप्रतिनिधिलाई हराउँदै कर्मचारी विजयी
रिब्दीकोटमा मैत्रीपूर्ण फुटबल : जनप्रतिनिधिलाई हराउँदै कर्मचारी विजयी जिल्लाको रिब्दीकोट गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । पालिकाले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।
मैत्री क्लवका नयाँ सदस्यलाई स्वागत
मैत्री क्लवका नयाँ सदस्यलाई स्वागत तानसेनको सामाजिक क्षेत्रमा क्रियाशिल मैत्री क्लवले आफ्ना नयाँ सदस्यहरुलाई स्वागत गरेको  छ । क्लवले तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी क्लवमा आवद्ध हुन आएका १० जना नयाँ सदस्यहरुलाई स्वागत गरेको हो ।
आज अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै विश्वभर खेलकुदका कार्यक्रहरु गरि आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइदैं छ । खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि हरेक वर्ष विश्व खेलकुद दिवस मनाउने गरिन्छ ।
खेलकुद दिवसको सन्दर्भ
खेलकुद दिवसको सन्दर्भ विश्वभर अप्रिल ६ अर्थात् आज ‘अन्तर्राष्ट्रिय विकास र शान्तिका लागि खेलकुद दिवस’ विश्वभर मनाइँदै छ । संयुक्त राष्ट्र संघ (यूएन) को साधारणसभाले सन् २०१३ को अगस्ट २३ लाई विश्व खेल दिवस घोषणा गरेको थियो । नेपालमा भने सन् २०१५ देखि यस दिवस मनाउन सुरु गरिएको हो ।
दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने
दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताइएको छ । घरेलु तथा साना उद्योग कार्यलय पाल्पाको आयोजना र पाल्पा उद्योग वाणिज्य संघको समन्वयमा तानसेनमा भएको उत्पादित वस्तुको गुणस्तर र लेवलिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले दण्ड र जरीवाना नगर्दा गुणस्तरहिन खाद्यवस्तु विक्री हुने गरेको बताएका हुन् ।
पाल्पाका ऐतिहासिक गढी तथा किल्लाको पदयात्रा गर्दै नेपाली सेना
पाल्पाका ऐतिहासिक गढी तथा किल्लाको पदयात्रा गर्दै नेपाली सेना नेपाली सेनाको टोलीले पाल्पाका ऐतिहासिक गढी तथा किल्लाहरूको पैदलयात्रा गर्ने भएको छ । ‘दोस्रो गोरखा–जितगढी’ पदयात्रा अन्तर्गत सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा गीतगढी किल्लाको पदयात्रा गर्ने भएको हो ।
Weather Update