Shittalpati
गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी
गुल्मीमा भुस्याहा कुकुरको बिगबिगी गुल्मीका विभिन्न क्षेत्रमा भुस्याहा कुकुरको बिगबिगी बढेको छ । मुख्य सडक या सहायक सडक, गल्लीमा साँझबिहान भुस्याहा कुकुरको संख्या बढेको पाइएको छ । विशेष गरी जिल्ला सदरमुुकाम तम्घास, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका लगायतका क्षेत्रहरुमा भुस्याहा कुुकुरको संख्या बढी देखिएको हो ।
पाल्पामा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय सरकार
पाल्पामा प्लाष्टिकका माला प्रतिबन्ध लगाउँदै स्थानीय सरकार पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढ्दै गएका बेला पाल्पाका केही स्थानीय सरकारले भने त्यसको प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन् । तिहार पर्व नजिकिएसँगै बजारमा प्लाष्टिकका मालाले बजार लिन थालेपछि स्थानीयस्तरमा उत्पादित फूूलहरुले ठाउँ नपाउने भन्दै यहाँका स्थानीय सरकारले कृत्रिम मालाको प्रयोगमा निरुत्साहित गर्न सूचना नै प्रकाशन गरी प्लाष्टिकका मालामा...
‘मृत्युमार्ग’ बने तिनाउ र भूतखोला
‘मृत्युमार्ग’ बने तिनाउ र भूतखोला पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ ।
भूकम्पको निसानामा जाजरकोट
भूकम्पको निसानामा जाजरकोट २०७२ सालको शक्तिशाली भूकम्पले तहसनहस बनाएको जाजरकोटमा लगातार साना–ठूला परकम्प गइरहेका छन् । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै रामिडाँडा केन्द्रविन्दु भएर सोमबार  फेरी भूकम्प गएको छ । अपराह्न चार बजेर ३१ मिनेटमा ५.८ म्याग्निच्युडको अर्को भूकम्प गएको हो ।
अस्ताए पाल्पाका शैक्षिक, सामाजिक  क्षेत्रका धरोहर केसी  
अस्ताए पाल्पाका शैक्षिक, सामाजिक  क्षेत्रका धरोहर केसी    पाल्पाको शैक्षिक, सामाजिक क्षेत्रका धरोहर मीनबहादुर केसीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर निवासी केसीको उपचारकै क्रममा घरमै निधन भएको हो ।
तानसेनमा ‘चीवर दान’ उत्सवसँगै सकियो तीन महिने वर्षाबास
तानसेनमा ‘चीवर दान’ उत्सवसँगै सकियो तीन महिने वर्षाबास बुद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व तीन महिने वर्षाबास सकिएको छ । तीन महिना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि तानसेनमा ‘कठिन चीवर दान’ उत्सवको आयोजना गरी वर्षाबासको समापन गरिएको हो ।
इतिहास बन्दै ढिकी–जाँतो
इतिहास बन्दै ढिकी–जाँतो गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो अहिले भने लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् ।
काँग्रेसले सरकारका अपजसको भारी बोक्दैन : महर
काँग्रेसले सरकारका अपजसको भारी बोक्दैन : महर  नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकारका अपजसको भारी काँग्रेसले नबोक्ने बताएका छन् । सोमबार नेपाली काँग्रेस तानसेन नगरपालिकाले पाल्पाको तानसेनमा आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महरले वर्तमान सरकारका कुनै पनि अयोग्य र अपजसका कामको भारी नबोक्ने बताएका हुन् । 
गाउँघरमा देखिन छाडे पिङ
गाउँघरमा देखिन छाडे पिङ दसैं भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ, तर चाडपर्वको रौनक बढाउने लिंगे पिङ पछिल्लो समय विस्तारै हराउँदै गएको छ । चचहुइय्य भन्दै दसैं–तिहारसम्मै खेलिने पिङ देखिन छाडेका छन् । केही समय अघिसम्म दसैंको नवदुर्गा सुरु भएपछि गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो ।
पाल्पामा नयाँ नोट लिन सर्वसाधारणलाई सास्ती
पाल्पामा नयाँ नोट लिन सर्वसाधारणलाई सास्ती दसैँका लागि नयाँ नोट साट्न राष्ट्रिय वाणिज्य बैंक तानसेनस्थित शाखामा पुगेका तानसेन–५ कैलाशनगरका दिपक अधिकारीले ३ घण्टा कुरेर नयाँ नोट पाए । बिहीबार बिहान बैंक पुगेका उनले नयाँ नोट साट्न विहानभर लाइन बस्नुपर्‍यो ।
दसैँको मुखमा छोइनसक्नु महँगी
दसैँको मुखमा छोइनसक्नु महँगी दसैँ नजिकिँदै गर्दा महँगी अचाक्ली बढेको छ । दसैँको मुखमा चामल, हरियो तरकारी, खाने तेल, लत्ताकपडा र जुत्ताको मूल्य  अत्याधिक बढेको हो । बजारमा दसैँको किनमेल सुरु भएको छ । तर बजारभाउ महँगो हुँदा उपभोक्ता दसैँको सरसामान कसरी जुटाउने भन्ने अन्योलमा छन् ।
टुकी बाल्ने गाउँमा बिजुली !
टुकी बाल्ने गाउँमा बिजुली ! १५ वर्ष अघि पाल्पाको निस्दी गाउँपालिका–७ ज्यामिरेका केही गाउँमा बिजुली ल्याउने चर्चा चल्यो, तर विजुली ल्याउने कुरा गर्दा कसैले पत्याउँदैन्थ्ये । स्थानीयको प्रश्न हुन्थ्यो, ‘यस्तो विकट गाउँमा कसरी बिजुली बल्छ ?’ वर्षौंदेखि दियालो र टुकीको भरमा रात काट्दै आएका स्थानीयको यहीँ प्रश्नको उत्तर दिने साहस कसैले गरेनन् ।
Weather Update