गुल्मी प्रशासनले एक हप्तामै उठायो सात लाख भन्दा बढी राजस्व
आइतबार, भदौ ९, २०८१
रेसुङ्गामा साउन २६ देखि महायज्ञ हुने
शुक्रबार, साउन २५, २०८१
जिल्लामा रहेको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभूमी रेसुङ्गामा श्रीमद्वभागवत पुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा साउन २६ देखी ३२ गतेसम्म महायज्ञ हुने भएको हो ।
गुल्मीमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट
आइतबार, साउन २०, २०८१
जिल्ला अदालत गुल्मीले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८० को भदौदेखी २०८१ असार मसान्तसम्म ४ सय ८० थान मुद्दा फस्र्यौट गरेको हो ।
गुल्मी प्रशासन कार्यसम्पादनमा देशकै उत्कृष्ट
बिहीबार, असोज १८, २०८०
जिल्ला प्रशासन कार्यालय गुल्मी कार्यसम्पादनमा देशभरबाटै उत्कृष्ट भएको छ । नेपाल सरकार गृह मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनका सुचाकहरुको आधारमा देशका ७७ जिल्लामध्ये गुल्मी उत्कृष्ट भएको हो ।
रेडक्रसको अर्धवार्षिक समीक्षा
सोमबार, साउन २२, २०८०
नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाद्वारा कालीगण्डकी गाउँपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकिकृत पहल परियोजना २०२३ को अर्धवार्षिक समीक्षा गरिएको छ । स्वीस र ब्रिटिस रेडक्रसको आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटी गुल्मीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लुम्बीनी प्रदेश शाखा र केन्द्रीय कार्यलयको प्राविधिक सहजीकरणमा कालीगण्डकीमा सञ्चालित परियोजनाको समीक्षा गरिएको हो ...
गुल्मीमा धान उत्पादन घट्दो, वार्षिक सात करोडको चामल आयात
मंगलबार, साउन १६, २०८०
सरकारले कृषि उत्पादन बढाएर खाद्यान्नमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा गुल्मीमा भने हरेक वर्ष धान उत्पादन घट्दै गएको छ । अघिल्लो वर्षहरुको तुलनामा यहाँ धान उत्पादन घट्दो रहेको हो ।
गुल्मीको सिद्धबाबामा होटल म्यानेजमेण्टको पढाई
आइतबार, साउन १४, २०८०
गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा व्यवस्थापनतर्फ पहिलो पटक होटल म्यानेजमेण्टको पढाई सुरु भएको छ । जिल्लामा राम्रै पहिचान बनाएको विद्यालयले यस वर्षदेखि होटल म्यानेजमेण्टको पढाई सुरु गरेको हो ।
गुल्मीका औषधि पसलमा अनुगमन
मंगलबार, साउन ९, २०८०
जिल्लाको तम्घासमा रहेका औषधि पसलहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत विनोद खनालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, गुल्मी अस्पताल, रेसुङ्गा नगरपालिका, जिल्ला घरेलु कार्यालय र औषधि व्यवसायी संघका प्रतिनिधिहरुद्वारा पसलहरुको अनुगमन गरिएको हो ।
रेसुङ्गामा ‘पुरुषोत्तम माहात्म्य’ सुरु
सोमबार, साउन ८, २०८०
जिल्लाको ऐतिहासिक तथा धार्मिक पवित्र तपोभुमी रेसुंगामा पुरुषोत्तम मास तथा विष्णु पुराणबारेमा ‘पुरुषोत्तम माहात्म्य’ सुरु भएको छ ।
रेसुङ्गाका मासु व्यवसायीलाई नगर सरकारले दियो सामग्री
सोमबार, साउन ८, २०८०
जिल्लाको रेसुङगा नगर सरकारले नगर भित्र रहेका मासु व्यवसायीलाई आवश्यक सामग्री दिएको छ । नगरपालिका भित्रका १२ जना मासु व्यबसायीलाई सोमबार एक कार्यक्रमकाबिच मासु व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने दाउ,गलव्स र एप्रोन लगाएतका सामग्री दिएको हो ।
तम्घास टेक्निकल शिक्षालयमा एचए र फिजोयोथेरापी कार्यक्रम सुरु
सोमबार, साउन ८, २०८०
जिल्लाको सदरमुकाम रहेको तम्घास टेक्निकल शिक्षालयमा प्रमाणतहको एचए र फिजियोथेरापी ३ वर्षे कार्यक्रम सञ्चालन हुने भएको छ । शैक्षिक सत्र २०८०/०८१ मा प्रमाण पत्र तह सामान्य चिकित्सा, हेल्थ एसिस्टेन्ट एचए र प्रमाण पत्र तह फिजियोथेरापी ३ बर्ष कार्यक्रम सञ्चालन गर्न अनुमति प्राप्त गरेसँगै सो कार्यक्रम सञ्चालन हुने भएको हो ।
सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा
सोमबार, साउन १, २०८०
गुल्मीको दुर्गम क्षेत्र अग्लुङ्गमा सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने ग्रामीणस्थल मदाने गाउँपालिका–१ अग्लुले सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।
गुल्मी पूूर्णखोप दिगोपना सुनिश्चित जिल्ला
शनिबार, असार ३०, २०८०
गुल्मीलाई ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।