सीईआबीले लियो नेपाल र भट्टराईसँग बयान
सोमबार, भदौ ४, २०८०

पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरीको मृत्यु
शनिबार, साउन २७, २०८०
मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको शुक्रबार साँझ मृत्यु भएको हो ।

पर्यटनमन्त्रीको ‘इ–हुलाक सेवा’
आइतबार, साउन २१, २०८०
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना सुभेच्छुकहरुको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याएका छन् ।

कारागारका कैदी वन्दीमा ज्वरोको समस्या
बिहीबार, साउन १८, २०८०
कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो ।

काँग्रेसको महासमिति बैठक मंसिरमा गर्ने
बुधबार, साउन १०, २०८०
नेपाली काँग्रेसले विधान महाधिवेशनको सट्टा महासमितिको बैठक आगामी मंसिरमा गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठकले नीति महाधिवेशनले गर्ने कार्य महासमितिको बैठकबाट गर्ने निर्णय गरेको हो ।

ललिता निवास प्रकरणमा सात जना पक्राउ
मंगलबार, असार १२, २०८०
ललिता निवासको जग्गा प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले काठमाडौँका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जना कारागार चलान
शुक्रबार, असार १, २०८०
नक्कली भुटानी शरणार्की प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १६ जना केन्द्रीय कारागार चलान भएका छन् ।

रास्वपाको चुनाव चिह्न फेरियो
बुधबार, फागुन १७, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो ।

लुम्बिनी प्रदेशमा एमाले पहिलो
शनिबार, मंसिर २४, २०७९
लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । प्रदेशसभाका प्रत्यक्षतर्फका ५२ सिटमध्ये १८ र प्रतिनिधिसभा तर्फका २६ सिटमध्ये ११ सिट जितेर एमाले प्रदेशमा पहिलो दल बनेको हो ।

सुकुम्बासी हतियारसहित प्रदर्शनमा
सोमबार, मंसिर १२, २०७९
हटाउन खोजेपछि सुकुम्बासीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् । सोमबार काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय हतियारसहित प्रदर्शनमा उत्रिएका हुन् ।

नेपाल प्रेस युनियनको आठ वर्षमा नयाँँ नेतृत्व, अध्यक्षमा लम्साल
सोमबार, साउन ९, २०७९
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा करिव आठ वर्षमा नयाँ नेतृत्व आएको छ । यही साउन ६ र ७ गते हेटौंडामा भएको नवौं महाधिवेशनले शिव लम्सालको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

काँग्रेसका भ्रातृ संगठनको कार्यसमिति भंग
मंगलबार, फागुन ३, २०७८
नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरूको वर्तमान कार्यसमिति भंग गरेको छ । केन्द्रीय कार्यसम्पादन समिति बैठकले महाधिवेशन गर्न नसकेका भातृसंस्थाहरु भंग गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।

सहिद सप्ताह सुरु : पहिलो दिन शास्त्रीको सम्झाना
सोमबार, माघ १०, २०७८
पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउने चार सहिदको सम्झनामा आजबाट सहिद सप्ताह सुरु भएको छ ।