Shittalpati
अर्घाखाँचीमा लोकभजन प्रतियोगिता
अर्घाखाँचीमा लोकभजन प्रतियोगिता धार्मिक पर्यटक आकर्षित गर्न अर्घाखाँचीको पाणिनीमा खुला भजन प्रतियोगिता आयोजना हुने भएको छ । यही फागुन १४ गते महाशिवरात्रिको दिन लायन्स क्लब अफ अर्घाखाँची पाणिनीको आयोजनामा भजन प्रतियोगिता हुने भएको आयोजक संस्थाका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिए । 
प्रकृति लम्सालको अन्तिम संस्कार
प्रकृति लम्सालको अन्तिम संस्कार भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा शंकास्पद रुपमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्तिम दाहसंस्कार गरिएको छ । प्रकृतिको शव उनको निवास सिद्धार्थनगर– ८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली पछि स्वर्गद्वारी घाटमा पुर्‍याएर  अन्त्येष्टि गरिएको  हो ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैं
अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदैं अन्तराष्ट्रिय मातृभाषा दिवस, नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईदैछ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।
रुपन्देहीमा एक महिला मृत फेला
रुपन्देहीमा एक महिला मृत फेला रुपन्देहीको सियारी गाउँपालिका–२ मा एक महिला मृत फेला परेकी छन् । जिल्लाको सियारी गाउँपालिका–२ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा अन्दाजी ४५ वर्षीया महिलाको शव फेला परेको हो ।
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’ कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ । 
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम फागुन ६ गते राति १२ः०० बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन् । गत पुस १६ गतेदेखि सुरु भएको अधिवेशनमा ११ पटक बैठक भएको थियो ।
रामपुरमा घुम्ती शिविरमार्फत नागरिकलाई सेवा
रामपुरमा घुम्ती शिविरमार्फत नागरिकलाई सेवा जिल्लाको रामपुर नगरपालिकाले वडा नं. ९ मा एकीकृत घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रवाह गरेको छ । नगरपालिकाको कार्यालयको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले शिविरमार्फत सेवा प्रवाह गरेको हो ।
अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार  हाम्रो मिसन हो : महामन्त्री थापा
अबको तीन वर्ष गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो मिसन हो : महामन्त्री थापा सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबको तीन वर्ष नेपाली काँग्रेसका लागि मिसन ०८४  नभई गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगार भएको बताएका छन् । बुधबार पाल्पाको पूर्वखोलामा आयोजना गरिएको प्रथम लोकतान्त्रिक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पाल्पामा प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण 
पाल्पामा प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य परीक्षण  प्रजातन्त्र दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले निःशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमा सुगर, ब्लड प्रेसर, मृगौला परीक्षण तथा उचाई र तौल नाप जाँच गरिएको हो ।
पाल्पामा पनि मनाइयो ७५ औँ प्रजातन्त्र दिवस
पाल्पामा पनि मनाइयो ७५ औँ प्रजातन्त्र दिवस पाल्पामा विभिन्न कार्यक्रम गरी ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा पाल्पा दरवार संग्रहालय परिसरमा सहिदहरुको तस्विरमा फूलमाला तथा टिका अविरले माल्यार्पण गरी सहिदको योगदान बारे चर्चा  गर्दै  दिवस मनाइएको हो ।
प्रजातन्त्रको ७५ वर्ष : फेरिएन जनताको अवस्था
प्रजातन्त्रको ७५ वर्ष : फेरिएन जनताको अवस्था नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र आगमनको ७५ वर्ष भएको छ । आजकै दिन अर्थात् फागुन ७ महान् जनक्रान्तिमार्फत् नेपाली समाजलाई राणा शासनको दासताबाट मुक्त गरी आधुनिक युगमा प्रवेश गराउन ढोका खुलेको दिन हो ।
Weather Update