आज निर्वाचन दिवस मनाइँदै
बुधबार, फागुन ७, २०८१

रामपुरका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा
बुधबार, फागुन ७, २०८१
नगरपालिकाले विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका लागि ३० दिने योग प्रशिक्षण कार्यक्रम मार्फत योग शिक्षा प्रदान गरेको हो । रामपुर नगरपालिकाले योग प्रशिक्षकको व्यवस्था गरि विद्यालयका शिक्षकहरुलाई योग सम्बन्धी शिक्षा प्रदान गरेको हो ।

जनप्रिय माविले मनायो ६५ औं वार्षिक उत्सव
मंगलबार, फागुन ६, २०८१
तानसेनको बर्तुङ्गस्थित जनप्रिय माध्ममिक विद्यालय बर्तुङ्गले ६५ औं वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको छ । विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको हो ।

पत्रकारहरुसँग अन्तरसंवाद कार्यक्रम
मंगलबार, फागुन ६, २०८१
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नसर्ने रोग र त्यसको रोकथामका बिषयमा मंगलवार पत्रकार र स्थानीय रेडियोमा अन्र्तसंवाद कार्यक्रम आयोजना गरेको छ । प्रजातन्त्र दिवशको अवसरमा स्वास्थ्य कार्यालयले नसर्ने रोगहरुको अवस्था, पहिचान र निदानका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

लुम्बिनी प्रदेशसभालाई प्रमको सम्बोधन
मंगलबार, फागुन ६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार लुम्बिनी प्रदेशसभामा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सम्वृद्ध प्रदेश भएको देख्न चाहेको बताए । प्रधानमन्त्री ओलीले, देश विकासका लागि सबैतहका सरकारहरुले जनताको साथ दिएर अगाडि बढ्नुपर्ने बताउँदै, विकास निर्माणका काम हामी नेपाली आफैले नगरेसम्म अरुको भरमा देश विकास सम्भव नहुने धारणा राख्दै...

सहकारी संस्थाको आयोजनामा कृषि मेला
मंगलबार, फागुन ६, २०८१
तानसेन वडा–९को मदनपोखरा संगम बहुउदेश्यीय सहकारी संस्था लि.ले पहिलो पटक प्रर्वद्धनात्मक कृिष मेला गरेर नयाँ आयम थपेको छ । पाल्पा रुपन्देही, कपिलबस्तु र नवलपरासी र भारतको गोरखपुर सम्म पाल्पाको मदनपोखरा तरकारी उत्पादन र बजारीकरणमा धेरै वर्ष पहिलादेखि प्रख्यात छ ।

जलवायु परिवर्तनको बढी असर महिलालाई
मंगलबार, फागुन ६, २०८१
सरोकारवालाहरुले जलवायु परिवर्तनले पारेको प्रभावको मुख्य असर महिलामा परेको भन्दै उनीहरुलाई जलवायुको असरबाट बच्न क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली शुरु
सोमबार, फागुन ५, २०८१
गुल्मी अस्पताल तम्घासमा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा पहिलो पटक यो सातादेखि विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरियो । सो प्रणालीको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले एक समारोह बीच गरेका हुन ।

आहार व्यवस्थापनले गिद्धको संख्या बढ्दै
सोमबार, फागुन ५, २०८१
गिद्धलाई विश्वमै दुर्लभ पक्षीका रुपमा चिनिन्छ । पहिले यत्रतत्र छरपष्ट देखिने गिद्ध पछिल्लो समय कमै देखिन्छन् । बासस्थानको समस्या, आहारको अभाव, जलवायु परिवर्तन र औषधिको प्रयोगले गिद्धको संख्या पातलिँदै गएको बेला यहाँ भने ह्वात्तै बढेको छ ।

गुल्मीमा डोजरले फालेको ढुंगा लागेर एक विद्यार्थीको मृत्यु
आइतबार, फागुन ४, २०८१
गुल्मीमा डोजरले फालेको ढुंगाले लागेर एक विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका–२ छल्दीटारामा जेसीबीले बाटो खन्ने क्रममा खसालेको ढुंगाले लागेर स्कूल जाँदै गरेकी ८ वर्षीया विष्णु कुमालको मृत्यु भएको हो ।

रम्भाको फोक्सिङ्गकोटमा पर्यटन प्रवद्र्धनको लागि ‘होमस्टे’
आइतबार, फागुन ४, २०८१
जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोट गाउँमा सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाको पहलमा स्थानीयले रानीबास सामुदायिक होमस्टे सञ्चालनमा ल्याएका हुन् ।