गुल्मीमा आदिवासी जनजाती महासंघको सक्रियता
सोमबार, चैत १२, २०८०
नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गुल्मीले पछिल्लो समय आफ्ना गतिविधिहरुमा सक्रियता देखाएको छ । महासंघले संगठन विस्तार तथा सुदृढिकरण र संघमा आवद्ध सदस्यहरुका समस्या, गुसाना पहिचान गरी तिनीहरुको समाधान गर्ने कार्यमा सक्रियता देखाएको हो ।
सद्भाव र रंगको पर्व होली : आज र भोलि
आइतबार, चैत ११, २०८०
देशभरी सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने चाड फागु वा होली वसन्त ऋतुको आगमनसँगै हाम्रो घरआँगनमा भित्रिसकेको छ ।
सरकारको लक्ष्य अनुसार क्षयरोग निवारणमा लागेका छौं : स्वास्थ्य कार्यालय पाल्पा
शनिबार, चैत १०, २०८०
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले नेपाल सरकारको लक्ष्य अनुसार क्षयरोग निवारणमा लागेको बताएको छ । उसले तानसेनमा पत्रकार सम्मेलन गरी नेपाल सरकारको लक्ष्य अनुसार पाल्पालाई पनि क्षयरोग मुक्त जिल्ला बनाउने अभियानमा लागेको बताएको हो ।
स्व. विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा
शनिबार, चैत १०, २०८०
शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले प्रतिष्ठानका संस्थापक संरक्षक प्रा. डा. प्रकाश राज रेग्मीको ममतामयी माता विमला रेग्मीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । प्रतिष्ठानले शनिबार तानसेनमा सभा गरेको हो ।
बाली जोगाउन किसानलाई भोटे कुकुर
शनिबार, चैत १०, २०८०
पाणिनी गाउँपालिका पोखराथोकमा वन्य जन्तुबाट बाली जोगाउन किसानलाई भोटे कुकुर वितरण गरिएको छ । पाणिनी गाउँपालिका–२ पोखराथोकमा किसानका मागका आधारमा शुद्ध नश्लका नौ वटा भोटे कुकुर वितरण गरिएको वडाध्यक्ष चन्द्रकान्त पौडेलले बताए ।
मकवानपुरमा ज्वरोका बिरामी बढे
शनिबार, चैत १०, २०८०
थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ ।
पाल्पामा कसैको इच्छाविपरीत रङ लगाइदिए कारबाही
शनिबार, चैत १०, २०८०
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पाल्पाले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेका छन् । उनीहरुले छुुट्टाछुुट्टै सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेका हो ।
मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरूरी
शनिबार, चैत १०, २०८०
मानव अधिकार र सामाजिक न्यायका सवालमा नागरिक समाजको साझा धारणा बन्न जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
तानसेन एमालेको अभियान : भाषण छोडेर कृषकलाई तालिम
शुक्रबार, चैत ९, २०८०
राजनीतिक दलहरुले भाषण गफ मात्रै गर्छन् भन्ने कुरा नेकपा एमाले तानसेन नगर कमिटीले शुक्रबार तोडेको छ ।
महरा हाजिरी जमानीमा छुुटे
शुक्रबार, चैत ९, २०८०
माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा छुुटेका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेका उनको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानतमा छाडिएको हो ।
वन जोगाउन कस्सिए तानसेनका उपभोक्ता
शुक्रबार, चैत ९, २०८०
गर्मी महिनाको आगमनसँगै तानसेनका उपभोक्ताहरु आगलागी रोकथामका लागि वन सरसफाइमा जुटेका छन् । उनीहरूले सामुदायिक वन क्षेत्रभित्र पलाएको झारपात, साना बिरुवा, हाँगाबिगा, पातपतिङ्गर सरसफाइ सुरु गरेका हुन् ।
आवधिक योजना निर्माण गर्दै लुम्बिनी प्रदेश सरकार
शुक्रबार, चैत ९, २०८०
लुम्बिनी प्रदेश सरकारले प्रदेशको दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको छ । प्रदेश सरकारको नयाँ संरचनामा पहिलोपटक निर्माण गरिएको आवधिक योजनाको समय सकिन लाग्दा प्रदेश सरकार योजना आयोगले दोस्रो आवधिक योजना निर्माणको थालनी गरेको हो ।