Shittalpati
इस्माका नागरिकको निःशुल्क मुटु परीक्षण

गुल्मी, जिल्लाको इस्मा गाउँपालिकाले यहाँका नागरिकहरुको शिविरमार्फत निःशूूल्क मुुटुु परीक्षण गरेको छ । पालिकाले वडानम्बर २ को छल्दीमा माघे सक्रान्तिको अवसर पारेर दीर्घारोगी, अपाङ्गता र ६० बर्ष माथिका नागरिकहरुको निःशुल्क मुटु परीक्षण गरेको हो ।

शिविरमा ३ सय जनाले मुटु परीक्षण गराएका छन् । गाउँघरमा रोग नलागेसम्म चेकजाँच गर्ने प्रचलनले गर्दा धेरैको अकालमै ज्यान जाने अवस्था रहेकाले यहाँका नागरिकहरुको स्थानीय सरकार आफैले शिविर सञ्चालन गरेर निःशूूल्क रपमा मुटु परीक्षण गरिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवरले बताइन् । विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य टोलीमार्फत नागरिकहरुको मुुटुु चेक जाँच गरिएको उनको भनाई छ ।

निःशुल्क मुटुरोग परीक्षणमा गाउँपालिका भित्रका बिरामीहरुको सहभागिता रहेको थियो । गाउँघरमै मुटु रोगको परीक्षण गर्न पाउदा स्थानीय खुसी भएका थिए । यहि सेवा लिन पाल्पा, बुटवल, काठमाडौंसम्म पुग्नु पर्ने बाध्यतामा रहेकाले अहिले घर छेउमै चेकजाँच गराउन पाउदा खुसी लागेको इस्मा गाउँपालिका–१ की नेत्रकुमारी खनालले बताइन् । उनले बुटवलबाट औषधी खाने गरेकाले त्यहि सेवा यहाँ पाएकोमा गाउँपालिकालाई धन्यवाद दिइन् । अन्यत्र जाँदा पैसा, समय र सँगै अर्को मान्छे पनि जानुु पर्ने भएकाले समस्या हुने गरेको उनको भनाई छ । मुटु परीक्षण गर्न पुगेका बिरामीहरुले अरु रोगका विशेषज्ञ डाक्टरहरु ल्याएर यस्तै शिविर राख्नुपर्ने स्थानीय यमबहादुर कुँवरले बताए । उनले मुटु रोगको पनि बेला–बेलामा यस्तै शिविर राखेर यहाँका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सेवा दिनुपर्नेमा जोड दिए । शिविरमा काठमाडौंबाट आएका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बञ्जाडे सहित ८ जना डाक्टरहरुले विरामीहरुको चेकजाँच गरेका थिए । शिविरमा इसिजी, इको, रक्त परीक्षण, निःशुल्क औषधिलगायत सेवा प्रदान गरिएको थियो ।

मुटुरोग विशेषज्ञ डाक्टरहरुले मुटु रोग र उच्च रक्तचाप बारे प्रशिक्षण समेत दिएका थिए । धुम्रपान, मद्यमान नगर्ने, चिल्लो पिरो नखाने, माछामासु कम खाने र दैनिक ब्यायाम गरे मुटु रोगबाट बच्न सकिने चिकित्सकहरुले बताएका थिए । विशेषगरी मुटु र प्रेसरका विरामीहरु सचेत हुनुपर्ने र आहार विहारमा ध्यान पु¥याउनु पर्ने चिकित्सकहरुको सुझाव थियो । इस्मा गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार निःशुल्क स्वास्थ्य शिविर राखिएको गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताए । उनले गाउँपालिका भित्र रहेका नागरिकहरुको स्वास्थ्य प्रति गाउँपालिका सधै सम्वेदनशिल रहेको समेत बताए । –अनिल खत्री

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update