पाल्पा । तानसेनका उत्कृष्ट उद्यमीहरुलाई व्यवसायपाटी प्रशिक्षण दिइएको छ । दायित्वले सञ्चालन गरेको तानसेन नगरपालिकास्तरीय ग्रामीण उद्यम द्रुतिकरण कार्यक्रम २०१९ अन्तर्गत उत्कृष्ट पाँचमा पर्न सफल उद्यमीहरुलाई प्रशिक्षण दिएको हो । उद्यमीहरुलाई आफैले योजना बुझ्न र बनाउन सक्षम गराउने गरी प्रशिक्षण दिइएको कार्यक्रम अफिसर स्नेहा शाक्यले जानकारी दिइन् ।
तालिममा ग्रामीण उद्यम दु्रुतीकरण कार्यक्रमका संयोजक सायुज्य शर्मा र दायित्वका सूर्य रिजाल, स्नेहा शाक्य, सृजा कार्कीले सहजीकरण गरेका थिए । उत्कृट उद्यमी मध्ये तानसेन बसन्तपुरकी होमस्टे व्यवसायी मधुमाया बस्याल, बौघापोखराथोकका बाख्रापालक किसान मिनबहादुर आले, मदनपोखराका मौरीपालक किसान खेमराज न्यौपाने, अर्गलीका तरकारी खेती गर्दै आएका किसान निर्मल राना, अर्गलीका गाईपालक पवित्रा गैरे रहेका छन् । उत्कृष्ट ५ मा पर्ने उद्यमीहरुलाई सम्मान पत्र सहित मायाको चिनो र ५०/५० हजार बिज कोष वापतको रकम समेत प्रदान गरिएको संस्थाले जनाएको छ ।