गुल्मी । विश्वव्यापी रुप फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) लाई मध्यनजर गर्दै जिल्लाको रेसु·ा नगरपालिकाले उच्च सतर्कता अपनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन तथा जोखिम न्यूनिकरणका लागि नगरपालिकाले उच्च सर्तकता अपनाएको हो । लकडाउनका कारण विपन्न परिवारमा आर्थिक संकट पर्न थालेपछि नगरपालिकाले पहिलो चरणमा राहत वितरण गरिसकेको छ । नगरसरकारले विपद् व्यवस्थापनका लागि राहत कोष समेत स्थापना गर्ने भएको छ ।
कोभिड १९ कोरोना भाइरसबाट बच्नका लागि तथा आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले शुक्रबार कार्यपालिकाको बैठक आÞवान गरिएको नगरप्रमुख डिल्लीराज भुसालले बताए । जनप्रतिनिधि, कर्मचारी, लगायतलाई समावेश गरी राहत कोष स्थापनाका विषयमा छलफल हुने भुषालले जानकारी दिए । साथै उनले पूर्वमन्त्री गोकर्ण विष्टको पहलमा जिल्लामा भित्रिएको पिपिइ नगरपालिकामा २० पिस राखिएको र आवश्यकता अनुसार स्वास्थ्यकर्मीलाई उपलब्ध गराईने बताए ।