Shittalpati
गुल्मी नेल्टाको अध्यक्षमा श्रीस

गुल्मी, नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) गुल्मीको अध्यक्षमा डोर बिक्रम श्रीस सर्वसम्मत विर्वाचित भएका छन् । संघको तम्घासमा भएको पाँचौ अधिवेशनले सिद्धबाबा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीसलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा गणेश अधिकारी, सचिव रामहरि पाण्डे, सहचिव टीका खड्का, कोषाध्यक्ष बालसिं खत्री चयन भएको नेल्टा लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष गोपालप्रसाद वस्यालल बताए । उनका अनुसार सदस्यहरुमा बासुदेव घिमिरे, यज्ञप्रसाद गौतम, रामबहादुर विश्वकर्मा, पुजा ज्ञवाली, सरस्वती भण्डारी र निलम बञ्जाडे रहेका छन् ।अधिवेशनको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै उनले शिक्षा विकासको माध्यमबाट समृद्धि ल्याउनका लागि नेल्टा जस्ता संस्था र यसका शिक्षक सदस्यहरुको महत्वपूर्ण भूमिका रहने बताए ।


शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका प्रमुख लोकनाथ मरासिनीले नेल्टाको गतिविधिबाट अं्रग्रजी विषयको उपलब्धिस्तर बढेको बताउँदै नेल्टासँग सहकार्य गर्न इकाईको नवीन कार्य शीर्षकबाट सहयोग पुगेको विश्वास व्यक्त गरे । रेसुंगा नगरापालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले नेल्टाका गतिविधिबाट जिल्लामा अंग्रेजी शिक्षणमा पुगेको सहयोगको चर्चा गरे । कार्यक्रममा नेल्टा लुम्बिनी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष गोपालप्रसाद बस्यालले नेल्टाका सम्मेलनहरु, तालिम, कार्यशाला, फेलोशिप आदि गतिविधिमा सदस्यहरुको सक्रिय सहभागिताका लागि आव्हान सबैलाई अनुरोध गरेका छन् । कार्यक्रमको उद्घाटन सत्र समापन पछि वरिष्ठ उपाध्यक्ष वस्यालले अंग्रेजी भाषा शिक्षणका नविनतम प्रवृत्तिहरु शीर्षकमा कार्यशाला प्रस्तुत गरेका थिए । उनले अंग्रेजी भाषाको विश्व ब्यापीकरणका सन्दर्भमा स्थानीय विज्ञताको विकास, भाषा शिक्षणमा भाषा र विषयवस्तुको संयोजन, शिक्षणमा सूचना प्रविधिको उपयोग र ब्लेण्डेड लर्निंग, फ्लिप्ट लर्निंग, कनेक्टिभिजम् जस्ता नवीन शिक्षण विधिका बारेमा जानकारी गराएका थिए । निवर्तमान अध्यक्ष कृष्णप्रसाद मरासिनीको अध्यक्षतामा सभा भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update