अधिवक्ता शिवप्रसाद देवकोटा
मानविय सेवा दिन, मानव भई सिकौं ।
मानव भई यस घडिमा, सेवा गर्दै बढौं ।।
प्रतिनिधि सेवा दिन्छन्, डा.उपचार गर्छ ।
रोग उन्मूलन गर्ने दवाई, पत्तालाउनु पर्छ ।।
श्रम गर्न नपाउँदा, श्रमिक खान पाउन्नन् ।
गाह्रो पर्छ आफु साथै, बाल–बच्चा बचाउन ।।
घर छोडेर बाहिर जान, लकडाउनले रोक्यो ।
घर छोडेर छिमेकजान, पनि यस्ले छेक्यो ।।
कोहि व्यक्ति दवाई खाने, कोहि त चेक गराउने ।
यी सबैमा समस्या भो, केरि हो मिलाउने ।।
स्थानीय, प्रदेश र, संघलाई समेत गार्हाे ।
समस्या समाधान गर्न, सरकार अघि बढ्यो ।।
सञ्चारकर्मी योगदान दिनुस्, भन्दै अघि सर्याे ।
खाद्य साथै ग्यासको अपुग, लौ समस्या पर्याे ।।
आफ्नो के समस्या छ त्यो, नलुकाई बताउ ।
समस्या सब हट्छ हट्छ, सबको सहयोग जुटाई ।।
विषम परिस्थिती हो यो, सजग हुनुपर्छ ।
एक आपसमा सेवा गरे, सव समस्या टर्छ ।।
भोकै पर्न अकाल मर्न, नदियर रौकौ ।
सहयोगी मानव बनी, अघि बढ्न सिकौ ।।
आफ्ना नाता सन्तान समेत, विदेश जान पर्दा ।
घरमा पक्कै समस्याथ्यो, घर छोडेर जाँदा ।।
एक्कासी आईदियो माहारोग, कोभिड उन्नाईस नाउले ।
त्रसित भई घरमा आउन, त्यै सन्तान नपाउने ।।
आईहालेमा घरमा नगई, कोरेनटाईनमा बस्नु ।
जाँचमा लक्षण नदेखिएमा, मात्र घरमा आउनु ।।
सब मानिसमा पहिलो शंका, रोग लाग्छ कि भन्ने ।
रोग लाग्न गै हालेमानी, उपचार हो गर्ने ।।
मर्न गएनी छुननै छैन, आफ्नो भए पनि ।
संक्रमित साथ उठ्बस भए, आफैलाई नि हुने ।।
अप्ठारोमा पर्नेलाई, सेवा हाम्ले गरौं ।
मानविय सेवा गर्दै, हामी अघि बढौ ।।