भ्रष्टाचार
अधिवक्ता शिवप्रसाद देवकोटा
भ्रष्टाचार अमर छ भन्छन्, हटाई देखाऊ सरकार ।
कोराना मार्ने विष खाई देलान, रोक्नु पर्ला सरकार ।।
मुसा वरु विष चिनेर, खान छाडी भाग्छन् ।
भ्रष्टाचारी नोटभा ठाउँमा कम्मरकसी लाग्छन् ।।
वनमाराले वनै मास्छ, भ्रष्टाचारले देशै ।
जनता आवाज त्यसै होईन, बुझ्नु पर्छ बेसै ।।
सक्षमलाई पीडित राहात, दिन हुन्न हेर ।
गरिब बिच पर्न सक्छन्, आफ्ना नभएर ।।
अरुलाई कारवाई गर्ने, आफुले नगर्ने ।
माथिबाटै बीउ नरोपे, हुन्न भ्रष्टाचार गर्ने ।।
कानुन माथि कोहि छैन, बनेकै छ कानुन।
सरकार सक्षम भए पक्कै, भ्रष्टाचार हुन्न जानुन् ।।
गरिव राष्ट्रमा चिनिन्छ, नेपाल देश पनि ।
भ्रष्ट श्रीपेच देशमा नहोस्, यहि कामना छ नि ।।
भ्रष्टाचार हटे देश उन्नति, पक्कै हुन्छ भनि ।।।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्