गुुल्मी,गुल्मीको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएकाहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । बिहीबार भुर्तुङ्ग, खस्कोट नजिकैको थाम भीरमा लागेको आगो नियन्त्रण गर्न पुुगेका स्थानीय १८ वर्षीय नामुु भारती र १६ वर्षीय टीका गिरी आगोमा परी घाइते भएका थिए । शरीरका विभिन्न भागमा आगो लागी जलेर घाइते भएका उनीहरुको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई आगालीमा परी घाइते भएकाहरुको अवस्था बुुझ्न अस्पताल पुुगेका छन् । सचिव भट्टराईले अस्पताल पुुगेर घाइतेहरुको अवस्था बुुझेपछि सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन् ‘म पात्र बुटवल थिए, फोनमा घण्टी बज्यो । वस्ति नजिकै लागेको डढेलोको लप्कोमा परी दुई युवा पोलिए । गाडी तानसेनतर्फ मोडियो ,आत्तिदै भुषालडाँडा पुगे । उनीहरू मिसन अस्पतालको शैयामा छन् । चिकित्सकहरूको टिम लागि परेको देख्दा आशा पलायो ! वस्ती खरानी हुनबाट बचाउन आफ्नो ज्यानको प्रवाह गरेनन् युवाले आफु जलेर पनि वस्ति बचाए, गुल्मी भुर्तुङका यी दुई युवा हस्तीलाई, सलाम छ ।’ अस्पताल पुुगेका उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै पनि कमी हुुन नदिन अस्पताललाई आग्रह समेत गरेका छन् । घाइतेहरुको अवस्थामा सुुधार हुुँदै गएको समेत भट्टराईले बताए ।
डढेलो लागेपछि उनीहरु वस्ती जोगाउन आगो नियन्त्रणमा जुटेका थिए । आगो नियन्त्रण गर्ने क्रममा अकस्मात आगोको लाउकोले जलेर उनीहरु घाइते भए । उनीहरुलाई तत्काल स्थानीय युवाहरुले उद्दार गरी उपचारका लागि युनाइटेड मिसन अस्पताल पुुर्याएका हुन् ।