पाल्पा, एसियन हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ निष्काशन गरेको हो ।
आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले यस हाइड्रोपावरले आफ्नो जारी पूँजीको १० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँ बराबारको ८ लाख ४० हजार कित्ता मध्येको १० प्रतिशत अर्थात् ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात १६ हजार ८ सय कित्ता सेयर कर्मचारीहरुलाई छुट्याइएको छ ।
बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्ने छन् । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । यसमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।