हाम्रा संवाददाता
गुल्मी, जिल्लाको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ्गमा आगलागीमा परी घाइते भएका १८ वर्षीय नामु भारती र १६ वर्षीय टीका गिरीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको क्रमिक रुपमा स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।
घाइतेहरुको उपचारका लागि गुल्मी क्षेत्र १ का सांसद डा.चन्द्र भण्डारीले घटनाप्रति दुख व्यक्त गर्दै घाइते युवाहरुको उपचारमा कुनै पनि कमी हुन नदिने बताएका छन् । सांसद् भण्डारीले कुनै पनि नागरिक आर्थिक अभाव र औषधि उपचार नपाएर मर्नुपर्ने अवस्था सिर्जना हुन नहुँने भन्दै डढेलो नियन्त्रण गर्ने क्रममा घाइते युवाहरुको उपचारका लागि आफु संवेदनशील रहेको बताए ।
गुल्मी क्षेत्र १ का पूूर्वसांसद तथा पूर्वमन्त्री, नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले घटनाप्रति दुख व्यक्त गर्दै वस्ती जोगाउन खोज्दा भएको घटनाले मन दुखेको बताए । यस्ता घटनामा उच्च सर्तकता अपनाउनुपर्ने र घाइते युवाहरुको उपचारमा सरकारी तवरबाट ध्यान दिनुपर्ने भन्दै आफुले समेत सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरे ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै पनि कमी हुन नदिने बताए । सहयोग गर्न सबै पक्षलाई अध्यक्ष थापाले आग्रह गरे । उनले भने ‘युवाहरुले डढेलो नियन्त्रणमा देखाएको सक्रियता प्रंशसनिय छ, उनीहरुको स्वास्थ्य उपचारमा कुुनै पनि कमी हुुन दिदैनौं ।’ यस्तै नेकपा एमाले कालीगण्डकी गाउँ कमिटिका अध्यक्ष रामजी ढकालले भुर्तुङ्गमा भएको घटनाले आफुु पनि चिन्तित भएको भन्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
स्थानीय समाजसेवी युवा सागर केसीले पनि घाइतेहरुको स्वास्थ्य उपचारमा चासो देखाउदै आवश्यक सहयोग गर्ने बताएका छन् । मिसन अस्पतालका प्रमुुख प्रशासकिय अधिकृत जीवन भट्टराईले जलेका केसहरुको उपचार गर्न लामो समय लाग्ने र खर्चिलो उत्तिकै हुने बताए । उनले भने ‘दुवै युवाहरुको अवस्थामा सुुधार छ, आवश्यक परे काठमाडौंका लागि रिफर गर्छौ ।’ ‘गुल्मीका यी दुुई युवाहरुको हकमा अवस्था हेरेर हामी उपचारमा सहयोग गछौं’ उनले भने ।
बिहीबार साँझ भुर्तुङ्ग, खस्कोट नजिकैको थाम भीरमा लागेको आगो नियन्त्रण गर्न पुगेका उनीहरु आगोमा परी घाइते भएका थिए । नजिकैको वस्तीलाई डढेलोबाट बचाउन स्थानीय एक दर्जन युवाहरु आगो नियन्त्रणमा जुटेका थिए । भिरमा सल्किएको आगो निभाउने क्रममा भारती र गिरी घाइते भएका हुन् । उनीहरुको शरीरका विभिन्न भागमा आगोले जलेको छ । घाइते दुवै जनाको अहिले मिसनमा उपचार भइरहेको छ । घाइतेहरुको दिनप्रति दिन अवस्थामा सुुधार हुुँदै गएको सुुरुका दिनदेखि उपचारमा सहयोग गर्दै आएका नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले बताए । उनले भने ‘घाइते युवाहरुको अवस्थामा क्रमिक सुुधार हुँदै गएको छ, चिकित्सकहरु समेत उच्च निगरानीका साथ उपचारमा खटिरहनुभएको छ ।’ अस्पतालका चिकित्सकहरुको हौसला र सहयोगले घाइतेहरुको मनोवल समेत बढेको भट्टराईको भनाई छ । नवजनचेतना दैनिक र शितलपाटी डटकमको प्रकाशित समाचारबाट घटना थाहा भएपछि स्थानीयदेखि केन्द्रीयस्तरका नेताहरुले घाइतेहरुको उपचारमा चासो देखाएका हुन् ।