Shittalpati
पाल्पाली संगम काठमाडौंमा नयाँ नेतृत्व

पाल्पा, पाल्पाली संगम काठमाडौंमा नयाँ नेतृत्व आएको छ । संगमको काठमाडौंमा भएको साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

संगमका निवर्तमान महासचिव विष्णु बहादुर खत्रीको अध्यक्षतामा २३ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको संगमले जनाएको छ । जसको उपाध्यक्षमा केशव आचार्य, यम झेंडी र पाण्डप खत्री, महासचिवमा जीवन भण्डारी, सचिवमा सिता विष्ट कार्की, गोपाल राना, बालकृष्ण पोखरेल, लक्ष्मीप्रसाद शर्मा र कोषाध्यक्षमा संजय भट्टराई निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मञ्जु ढकाल आचार्य, पुरुषोत्तममान कर्माचार्य, मिन प्रसाद बस्याल, जगदीश नेपाल, विमला बस्याल, विश्वहरी नेपाल, डिआर पोखरेल, विमल पन्त, ओमकुमारी थापा झेंडी, भोजराज पाण्डे, विष्णुप्रसाद पाण्डे, श्रीधर अर्याल र सुरेन्द्रकुमार बस्याल निर्वाचित भएको अध्यक्ष मण्डलका संयोजक तथा संगमका पूर्व अध्यक्ष रुद्र बस्यालले जानकारी दिए ।

अधिवेशनको मन्त्रीपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधिश खिलराज रेग्मीले उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै उनले पाल्पाको विकासका लागि बौद्धिक समूहको रुपमा संगमले काम गर्दै आएको र आगामी दिनमा पनि थप योगदान दिनेमा विश्वास व्यक्त गरे । पाल्पा क्षेत्र नं. २ का संघीय सांसद ठाकुर गैरेले पाल्पाको विकासका लागि पाल्पाली संगमले अनुकरणीय भूमिका खेल्दै आएकाले आगामी दिनमा पनि थप रचनात्मक र बौद्धिक कामका लागि सहकार्य गर्न आफू तत्पर रहेको बताए । अघिल्लो कार्यकालसम्म काठमाडौमा मात्रै सिमित पाल्पाली संगम गत बर्षदेखि विश्वका धेरै देशमा विस्तार गरिएको निवर्तमान अध्यक्ष पदम न्यौपानेले बताए । अमेरिका, पोर्चुगल, दक्षिण कोरिया र नर्वेमा पाल्पाली संगमका संयोजकहरु तोकिएको छ भने अन्य देशमा पनि संगमको शाखा गठनका लागि गृहकार्य भइरहेको संगमका अन्तर्राष्ट्रिय संयोजक सतीश चापागाईले बताए । संगमले विभिन्न देश तथा ठाउँमा रहेका पाल्पा सम्बन्धी अन्य संघसंस्थाहरुलाई पनि एकिकृत गरी सहकार्यको अभ्यास समेत गर्दै पूर्व अध्यक्ष यज्ञ शर्माले बताए ।

संगम पाल्पाबाट काठमाडौ गई बसोबास गर्दै आएका पाल्पालीहरुको सबै भन्दा पुरानो साझा संस्था हो । विभिन्न पेशा व्यवसाय र अध्ययनका लागि काठमाडौंमा रहेका पाल्पालीहरुले २०३२ देखि अनौपचारिक छलफल र भेटघाटवाट शुरु भएको संगम बनाउने पहल अन्तत २०३८ सालमा विभिन्न उद्देश्य राखेर पाल्पालीहरुको साझा संस्थाको रुपमा पाल्पाली संगमको गठन गरेका थिए । यसलाई २०४७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत दर्ता गरिएको थियो । संगमले काठमाडौंमा बस्ने पाल्पालीहरुलाई संगठित गरी पाल्पाको पर्यटन, कला, संस्कृतिको प्रचार तथा प्रवद्र्धन गर्ने विविध क्रियाकलाप गर्दै आइरहेको छ ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update