पाल्पा, तानसेन ७, चुच्चेबारीमा ‘सम्भवि पाल्पा खाद्यन्न’ डिष्ट्रिब्युटर प्रालि सञ्चालनमा आएको छ । ५ करोडको लगानीमा बुटवल भैरहवाकै मुल्यमा सेवा दिने उद्देश्यले ‘सम्भवि पाल्पा खाद्यन्न’ डिष्ट्रिब्युटर प्रालि सञ्चालनमा आएको हो ।
पाल्पाको मुख्य व्यापारिक केन्द्रहरु तानसेन, रामपुर, सराई, हार्थोक, छहरा, आर्यभञ्याङ्ग सहित सहित ग्रामीण क्षेत्रका बजार र छिमेकी जिल्लाहरु गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ्ग, पर्वत जिल्लाका खाद्यन्नका खुद्रा तथा होलसेल विक्री गर्ने विक्रेता तथा उपभोक्ताको सहजताको सबै जिल्लाकै ठुलो खाद्यन्नको डिष्ट्रिब्युटर सञ्चालनमा ल्याएको प्रबन्धक आकाश खानले बताए । बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रको पहिरो जोखिमका कारण खाद्यन्न ओसारपोसार गर्न कठिनाई हुने गरेकोमा पाल्पाबाट सेवा सुरु गरेको सम्भवि खाद्यन्न डिष्ट्रिब्युटरले आगामी दिनमा सहजता ल्याउने डिष्ट्रिब्युटरकी अध्यक्ष संगीता कार्कीले बताइन् । बढ्दो महीले चर्को मुल्य मारमा परेका सेवाग्राहीलाई मूल्य र सेवामा डिष्ट्रिब्युटरले राहत प्रदान गर्नुका साथै बुटवल र भैरहवाकै मूल्यमा सबै प्रकारका खाद्यन्न उपलब्ध रहेको सञ्चालक दिपक गुप्ताले जानकारी दिए । तीन जनाको लगानीमा सुरु भएको सुरु भएको खाद्यन्न डिष्ट्रिब्युटरमा १५ जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका छन् ।
दैनिक उपभोग्य सामग्रीको लागि बुटवल भैरहवा जानुपर्ने बाध्यता रहेकोमा अब भने यसको अन्त्य भएको तानसेन ७ चुच्चेबारीका स्थानीय राजेश कार्कीले बताए । एक दुई रुपैयाँ सस्तोका लागि गाडी भाडामा लिएर अन्यन्त्र जानुपर्ने सास्ती थियो अब सस्तो म्ूल्यमा दैनिक उपभोग्य सामाग्री गाउँमै पालेपछि राहत मिलेको उनले बताए । कार्कीले जस्तै अन्य स्थानीय पनि सम्भवि पाल्पा खाद्यन्न डिष्ट्रिब्युटर सञ्चालनमा आएपछि दैनिक उपभोग्य खाद्यन्नको लागि सहयोग पुगेको बताएका छन् ।