Shittalpati
सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगियो

पाल्पा, ग्याँस सिलिण्डर विस्फोबाट घाइते भएका नेपाली कांँग्रेस सांसद डा.चन्द्र भण्डारीलाई थप उपचारका लागि मुम्बइ लगिएको छ । श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत् भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो ।

उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो । उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ । बुधबार राती आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए । घाइते आमा छोरा दुवैजनालाई कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पताल भर्ना गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा आज बिहान निधन भएको छ । डाक्टरहरुका अनुसार डा.भण्डारीको शरीरको करिब २५ प्रतिशत भागमा जलेर असर गरेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update