कृष्ण पोखरेल
पाल्पा, नेकपा एमाले पाल्पाले पार्टीको ‘मिसन ग्रासरुट’ अन्र्तगत दुई महिने पार्टी सुदृढिकरण तथा विस्तार अभियान तानसेनबाट शुरु गरेको छ । अभियानको एमाले स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराईले शुभारम्भ गरे ।
अभियान शुभारम्भ कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य भट्टराईले आगामी सबै खाले निर्वाचन एमालेलाई पहिलो शक्ति बनाउन मिसन ग्रासरुट अभियान शुरु गरिएको बताए । स्थानीय, प्रदेश र केन्द्रको ३ वटै निर्वाचनमा एमाले शक्तिलाई दुई तिहाईको अवस्थामा पु¥याउन पार्टीले कार्यकर्ता केन्द्रित अभियान शुरु गरेको स्थायी कमिटी सदस्य भट्टराईले दावी गरे । परिस्थिती अनुसार एमालेले राष्ट्रपतीमा उम्मेदवार उठाउने वा समर्थन गर्ने भएकोले, एमालेले मतदान गर्ने उम्मेदवार नै आगामी राष्ट्रपतीमा निर्वाचित हुने स्थायी कमिटी सदस्य भट्टराईले दावी गरे । नेपालमा विदेशी चलखेल बढिरहेको कारण ठुला राजनितिक दलहरुले गर्ने निर्यण देखी सरकार संचालनमा समेत अशर परेको स्थायी कमिटी सदस्य भट्टराईले बताए ।
कार्यक्रममा नेकपा एमाले पोलिटिव्युरो सदस्य खिमलाल भट्टराईले पार्टी कार्यकर्ताको दैनिकी देखी गाउँ गाउँमा भईरहेको विकास, पाटीको सिफारिसमा निर्वाचीत भएका जनप्रतिनिधीहरुको अवस्था, गरिरहेका कामहरु, कार्यकर्ताको मनोभावना, अन्तरघातका अवस्थाको जानकारी लिई सोही अनुसार पार्टी परिचालन गराउन मिसन ग्रासरुट अभियान शुरु गरिएको बताए । कार्यक्रममा पार्टी पोलिटिव्युरो सदस्य गोकुल घर्तिले युवाको सहभागितालाई पार्टीले पहिलो प्राथमिकतामा राखेर मिसन ग्रासरुट अभियान शुरु गरेको बताए । अहिले पाटीमा प्रयाप्त युवाहरु परिचालन र सहभागिता लाई प्राथमिकतामा राखेर एमालेले ग्रासरुट अभियान शुरु गरेको पोलिटिव्युरो सदस्य घर्तिले बताए । पार्टी अनुशासन आयोगका उपाध्यक्ष नेत्र पंन्थीले ग्रासरुट अभियानले पार्टीलाई अमृतपान गराउने, लोकप्रिय रहेको एमाले लाई अझै उचाईमा पुर्याउने बताए । ग्रासरुट अभियानले एमालेका कार्यकर्ता र नेताको भावना आपसमा साटासाट गरी पाटी लाई राम्रो बनाउने उपाध्यक्ष पंन्थीले बताए ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एव बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रीदेवी अर्यालले पाटीको सिफारिसमा जनप्रतिनिधीमा निर्वाचित हुने, निर्वाचित भएपछि पाटी भुल्ने काम हालका जनप्रतिनिधीहरु बाट भएको बताईन । जनप्रतिनिधी हुदा गरेको राम्रो कामबाट आगामी निर्वाचन दोव्वर मतले जित्ने वातावरण निर्वाचित जनप्रतिनिधीहरुले बनाउनु पर्नेमा केन्द्रिय सदस्य अर्यालले जोड दिईन । नेकपा एमाले लुम्विनी प्रदेशका अध्यक्ष राधाकृष्ण कंडेलले तोकिएको जिम्मेवारी अनुसार २ महिने अभियानमा सहभागी हुन सबैपक्ष लाई अनुरोध गरे । केन्द्रिय सदस्य गणेश खनालले केन्द्रले दिएको जिम्मेवारी अनुसार वडा वडा टोलमा पुगेको पाटी, कार्यकर्ताको अवस्था बारे निर्मण चिरफार गरेर भएका कमीकमजोरीहरु लाई सुधार गरी पाटीलाई पुन एक ढिक्का बनाएर लैजाने बताए ।
२ महिने मिशन ग्रासरुट अभियान अन्तरगत केन्द्रिय भुमिकाको रुपमा तानसेन नगरपालिका, रामपुर नगरपालिका र रम्भा गाउँपालिकाका पोलिटिव्युरो सदस्य खिमलाल भट्टराई, निस्दी, पुर्वखोला र माथाँगढी गाउँपालिकामा पोलिटिव्युरो सदस्य गोकुल घर्ति, बगनासकाली र रिव्दिकोटमा अनुशासन आयोगका उपाध्यक्ष नेत्र पंन्थी र तिनाउ र रैनादेवी गाउँपालिकामा केन्द्रिय सदस्य सावित्रादेवी अर्याललाई जिम्मेवारी तोकेको छ । कार्यक्रममा पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, पालिका अध्यक्ष सहितका पदाधिकारी, वडा कमिटी, टोल कमिटीहरु, जनप्रतिनिधीहरुको खटन पटन तथा जिम्मेवारीको बारेमा जानकारी गराएका थिए । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा भएको ग्रासरुट अभियानाको सञ्चालन सचिव रामजी पोखरेलले गरेका थिए ।