आगलागी प्रभावितलाई राहत प्रदान
रुपन्देही । लुम्बिनीमा गत बिहीबार भएको आगलागी प्रभावितलाई राहत सामग्री वितरण गरिएको छ । राष्ट्रिय सभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईको पहलमा खाद्यान्न लगायत राहत सामग्री शनिबार वितरण गरिएको हो ।
विद्युत चुहिएर लुम्बिनी सांस्कृतिक नगरपालिका वडा ४ का सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएका थिए । लकडाउनका समयमा भएको आगलागीबाट घरका खाद्यान्न, लत्ताकपडा सबै जलेपछि उनीहरुले सहयोगको आग्रह गरेका थिए । प्रमुख सचेतक भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय र अधिकारकर्मी लक्ष्मी मिश्रले आगलागीबाट प्रभावित परिवारलाई चामल, दाल, नुन, तेल, आलु लगायत खाद्य सामग्री सहयोग गरेका हुन् । –रासस
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्