पं नारायणाचार्य कौशिक
पाल्पा तानसेन निवासीः पाल्पा साहित्य समाज, शीत काव्य समाज नेपाल लगायतका साहित्यिक संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपाली साहित्यको कविता काव्य विद्यामा उपविद्या “शीत” को परिकल्पनाकार, साहित्य सर्जक पुष्कर अथक रेग्मीका रगतका थोपा थोपामा र शरीरको रौँ रौँ मा पनि काव्यका कणकण सल्बलाएका रहेछन् । करिब दुई दर्जनकै हाराहारीमा कृति प्रकाशित गरी सकेका अथकले बाल साहित्यको क्षेत्रमा मात्रै आठ वटा कृति प्रकाशित गरिसकेका छन् ।
विधा, प्रविधा र उपविधा गरी २६ वटा लघुकाव्य क्षेत्रलाई समेटी बालबालिकाहरुका लागि तयार पारिएको अलिकलि नामक बालकाव्य सङग्रह हेरी मैले अथकको प्रतिभाको पहिचान गरिसकेको थिएँ । यसपटक फेरि नवीनतम प्रस्तुतीको रुपमा शीत बालकथा संङग्रह ‘अर्ती’ र षडऋतु बालकाव्य संङग्रह ‘अक्षमाला’ बाल प्रोथाहरुलाई प्रदान गरेका छन् । ‘अक्षमाला’ बालकाव्य भित्र, पच्चिसवटा शीर्षकमा षडऋतु काव्यलाई व्यबस्थापन गरिएको छ । सीता बिष्ट कार्कीद्वारा परिल्पित षडऋतु काव्य छ पंङ्तभित्र छत्तिस अक्षरमा लेखिन्छ । अथकको ‘अक्षमाला’ भित्र शास्त्रीय, लोक र मुक्त छन्दे गरी तीन वटै छन्दमा काव्य सिर्जना भएको पाईन्छ । मङलाचरण, गाउखाने कथा, उखान, कोखाई, स्कुल र अनुकराणत्मक शब्द शीर्षकका षडऋतुहरु लोकछन्दमा लेखिएका छन् । ब्यञ्जन बर्ण, षडऋतु, कृषि, केटाकेटी, जिज्ञासा, यसरी, लेट नेट सेट, ताली, पथ, अर्ती तरकारी, कर्म र बधाई शीर्षकका षडऋतुहरु शास्त्रीय छन्दमा लेखिएका छन् भने स्वरबर्ण, साहित्य, गणित, अर्थ, शीत र ऋतुनाम शीर्षकका काव्यहरु मुक्त छन्दमा लेखिएका छन् । यसरी २५ वटा शीर्षकभित्र प्रत्येकमा ३/३ वटाका दरले जम्मा ७५ वटा षडऋतुहरु समेटी अथकले बालबालिकाकालागि माला ‘अक्षमाला’ तयार पारेका छन् । अक्षरमाला भित्रको मंगलाचरण यस्तो रहेको छ ।
मंगलाचरण
प्रभुजी शरण
कुमार गणेश
पार्वती महेश
जीवन मरण
सत्यत : बरण
‘अर्ती’ नामक शीत बालकथा सङग्रहभित्र शीत काव्यमा चारवटा बाल लघुकथाहरु समेटिएका छन् । ‘अर्ती’ शीर्षकभित्र ७२ वटा ‘खेल’ शीर्षकभित्र ८४ वटा ‘कवि’ शीर्षकभित्र ६० वटा र ‘शीत’ शीर्षकभित्र ८४ वटा शीतहरु रहेका छन् र प्रत्येक शीर्षकका शीतहरु काव्य भएता पनि कथा झै सलल बहेका छन्, शीतको परिभाषा दिदै अथक भन्छन् “चतुष्पदीय मुक्तकीय प्रभेद भित्रको लघुत्तम अष्टाक्षरी काव्य नै शीत हो ।” अर्तीभित्र अथकले शीतको अर्थ, परिभाषा, तत्व, संरचना, नियम, सुत्रहरुसहित केहि उदाहरण समेत प्रष्ट्याएका छन् । ‘अर्ती ’शीर्षकको कथा भित्र रहेका चार वटा शतिहरु यस प्रकार रहेका छन् ।
बिष्णु दुःख ठूला साना
जस्तो दर्द बडा पनि
हुनु सबै मान मान्छे
नर हर जान ठान
मसँग व्यक्तिगत रुपमा लामो परिचय नभएका र अथकको बैयक्तिक विवरण समेत प्राप्त नभएको अवस्थामा उनको दुई कृति ‘अर्ती ’ र ‘अक्षमाला ’ को अध्ययन गर्दा उनले जिवनको अधिकांश भाग बालबालिकालाई अक्षर चिनाउन , पढाउन, लेखाउन, खेलाउन र आत्मनिर्भर गराउने तर्फ नै उन्मुख रहेको पाएँ । दुबै बालकृतिहरु बालपोथ्राहरुका लागि बाल प्रतिभा प्रस्फुटन गराउन उपयोगी रहनुका साथै विद्यालय र शिक्षहरुका लागि सहयोगी पाठयसामाग्री भएका छन् । ‘अर्ती’ र ‘अक्षरमाला’ ले दिन खोजेका उद्देश्यहरु अनुकरणीय, उदाहरणीय र व्यवहारिक छन । अथकलाई अझै यस्ता नविनतम बाल साहित्यहरु प्रकाशन गर्न प्रोत्साहन मिलोस् । अन्तमा बहु बिधामा कलम चलाईरहेका पुष्कर अथक रेग्मीको कृति अध्ययान पश्चात यी श्लोहरु कोर्दै बिश्राम लिन्छु ।
सर्जकका सवगुण रहेछ तिमीमा अथक प्रयासै गरी
पुष्कर नाम र रेग्मी बिच उपनाम सारै मिले मन परी
बालकका हितमा त सिर्जन भए षडऋतु अर्ति पनि
आकार पुस्तकको लघु नजर भो शिक्षा भने खुब छनि
षडऋतु शीत त्रिशुलै उदक भो मुत्तागो आगो सब
टुक्का हाईकु साइनो र जुनेली बाछिटा पञ्चक झर
खोरिया करुवा र मुक्तक कथन छेस्का गजल गेडि झन्
भ्याउरे कोपिला सुसेली रमबास पञ्चाङ्ग ताङ्का त छन्
यी सबका नमुना त नाम उपबिधा गुथी देखाए सब
रम्बासको अथकै प्रयास गरियो सत्ताईसै छन अब
यस्को एक झलक कतै तिर थियो प्राचिन पुस्तक तिर
रम्बासकै रुपमा घटाई अनु्रकम छाया त गोरखपुर
साधना यिनका केलाई पढ्ढा अथक परिश्रम सुझ्यो
माझैको उपनाम सार्थक भयो सब साथीको मन बुझयो
कालिगण्डकीका किनार ऋषिकेश तीर्थ रिडी पावन
त्यसका ती लहरै पवन सहितका सृष्टि देखि धावना
कृष्णका मृदु नादले स्फुटित भो लमजुङ तनौ पोखरा
विगतमा कविकेसरी त्यहि भए पाल्पा पो के कम छर
आदि, राष्ट्र, शिरोमणि, जन, युवा, उपाधी वाला उतै
भाषाको सहजै श्रीवृदि गरिए महाकवि एक यतै
लेखें आज सिलोक पुष्करजीको अथक प्रयास निम्तिमा
उनको नाम र कीर्ति दिञ्जयी हवोस् पाल्पा पनि कम्तिमा
काव्य सिर्जन गर्नलाई जननी श्री शारदाको बर
प्रत्यूपन्न भएर स्फुरण हवोस अमर रहून् पुष्कर
(काठमाडौं, बालाजु–१६ निवासी पं नारायणचार्य कौशिक कुशल पुराणबाचक, बिद्धान लेखक, साहित्यकार एवं समीक्षक समेत हुन् ।)