Shittalpati
एनसेलको नयाँ योजना, डेटा र एसएमएस लोनबाटै

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले आफना ग्राहकलार्ई सम्पर्कमा रहिरहन थप मद्दत पु¥याउँदै शनिबारदेखि नयाँ योजना ल्याएको हो । एनसेलका प्रिपेड ग्राहकले अब आफुसँग मेन ब्यालेन्स नभए पनि डेटा र एसएमएस सेवाको फाइदा लिन सक्ने छन् । जसअन्तर्गत ग्राहकले अब डेटा र एसएमएस सेवा सहितको प्याक वा एसएमएस प्याक पछि शुल्क तिर्ने गरी खरिद गर्न सक्छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसले विश्वनै त्रसित भईरहेको विपद्को परिस्थिती र लकडाउनले गर्दा ग्राहकहरुले सहज रुपमा आफ्ना परिवारका सदस्यहरु र साथीभाइहरुसँग सम्पर्कमा रहन तथा नववर्षको शुभकामना आदान प्रदान गर्न आफ्नो व्यालेन्स रिचार्जमा कठिनाई भोगिरहेका हुन सक्छन् । त्यसैले एनसेलले सजिलै डेटा र एसएमएस सेवामा पहुँच सुनिश्चित गर्न यो नयाँ योजना‘न्यु इयर अफर’ल्याएको हो । डेटा र एसएमएस सेवा प्याकका रुपमा लिई तोकिएको शुल्क पछि तिर्न मिल्ने यो पहिलो अफर हो । यस अफर अन्तर्गत एनसेलका ग्राहकले २५० एमबी डेटा र २५० एसएमएस प्याक कर सहितमात्र रु २० मा सुचारु गर्न सक्छन् । ग्राहकले आफुसँग शुन्यब्यालेन्स रहेको अवस्थामा पनि यो प्याक लोनमा सुचारु गरी डेटा र एसएमएस सेवाको फाइदालिन सक्छन् ।

यो प्याकअन्तर्गत पाइने डेटा र एसएमएस भोलुम सुचारु भएको दिन देखि ५ दिनको लागि मान्य हुने छ । आफ्नो आवश्यकता अनुसार ग्राकहले एसएमएस सेवा मात्र पनि प्याक रुपमा लिन सक्छन् । ग्राहकले लोनमा नै २५० वटा एसएमएस रहेको प्याक कर सहितमात्र रु १० सुचारु गर्न सक्छन् । सुचारु गरिएको एसएमएस प्याक ५ दिनको लागि मान्य रहने छ । ग्राहकले एस्ट्रिक्स९९८८ एस्ट्रिक्स ७७ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार डेटा र एसएमएस बन्डल प्याक वा एसएमएस प्याकलोनमा सुचारु गर्न सक्छन् । विगतदुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका एनसेलका प्रिपेड ग्राहकले मात्र यीे प्याकहरु सुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेनब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्कश्वत काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि समयमा जति पटक पनि यो सेवा लिन सक्छन् । यद्यपि सेवा सुचारु गर्नुभन्दा पहिला पुरानो लोनको रकमचुक्ता गरेको हुनु पर्दछ । कोरोनाभाइरस रोगका कारण सामाजिक दुरी कायमगर्दै सबै आ–आफ्नो घरमा बसिरहेको अवस्थामा, यस अफरले ग्राहकलाई आफ्ना परिवारका सदस्यहरु र साथीभाइसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update