लालकाजी शाक्य
नलेखिएको कहानिहो मान्छे
कठपुतली जस्तैनाच्नु पर्ने मान्छे
जिवनको रङ्गमंचमा
छिन् छिन् बदलिन्छ मान्छे
पल पल हरपल बिक्छमान्छे
बुँद बुँद तृष्णाले मर्दछ मान्छे
जानी न नजानि बलात्कृत हुन्छ मान्छे
मान्छेको पहिचान गर्न न सकेको मान्छे
धनको आडम्बरले घमण्डी मान्छे
शिक्षित बनेर अशिक्षित बनेको मान्छे
साथ रहन्न कोहि कसैको
दुई दिनको पाहुना हो मान्छे
नाङ्गै आयौं नौ जाने हो
धन वैभव साथ जान्न मान्छे
कर्म पछि लाग्छ छाँया जस्तै
नाम रहने काम गर मान्छे
मान्छेले मान्छेको दिल तोड्ने किन
सबैको चाहना नाना खाना छाना
को छ अजर को छ अमर
छाडी जानुपर्छ एक दिन मान्छे
यात्रु हो संसारको
मिलेर बस्नु पर्छ मान्छे
फस्दैछौ किन विनासको भुमरीमा
महल छोडी झुपडीमा बस्नु पर्छ मान्छे
कालो गोरो रुपको घमण्ड किन
यो त प्रभुको खेल हो
सबै समान छ उनको नजरमा
छाडी जाने हो कस्को भरमा मान्छे