Shittalpati
पाल्पा व्यापार संघको शपथ तथा पद हस्तान्तरण

कृष्ण पोखरेल
पाल्पा, पाल्पा व्यापार संघको तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको शपथ तथा पदस्थापन कार्यक्रम गरी जिम्मेवारी हस्तानतरण गरिएको छ । गएको पुस ३० गते तेस्रो अधिवेशनबाट निर्वाचित संघको बामदेव बस्यालको नयाँ कार्यसमितिलाई चिरञ्जिवी पोखरेलको नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले जिम्मेवारी हस्तानतरण गरेको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश च्याम्वरका महासचिव झविन्द्र कडेंलले माथिल्लो जनप्रतिनिधिदेखि कर्मचारीहरुले घुस बिना व्यापारीका कुनै पनि कामहरु नगर्ने प्रवित्ति बढेकाले यो घुस्याहा प्रवृृत्ति अन्त्य गर्न सबै निजी संघ संस्था एकजुट भएर आन्दोलनमा उत्रिनुपर्ने समय आएको बताए । स–सानो काम देखी उद्योग धन्दा, व्यापारका कामहरु लिएर सरकारी अड्डामा जाँदा कर्मचारीले घुस माग्छन्, व्यापार छैन व्यापारीहरुले कसरी घुस दिएर काम गराउने, व्यापारीहरु आफ्नो पेशा व्यवसाय नै छोडेर भाग्न बाध्य भएको महासचिव कंडेलले बताए । जिल्ला समन्य समितिकी उप–प्रमुख काशिका गैरेले यो देश हामी सबैको हो, हामीले सहयोग नगरे कसले गर्ने भन्ने भावना लिएर सरकारलाई आर्थिक रुपमा माथि उठाउन व्यापारीहरुले सहयोग गर्नुपर्ने बताइन् । समन्वय समितिले जिल्लाका संघ संस्थाहरुका समस्याहरुमा सहजीकरण गरिदिने उपप्रमुख गैरेले बताइन् । तानसेन नगरपालिकाका कार्यवाहक प्रमुख यादवसिंह कार्कीले आफु पनि पाल्पा उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्ष भएर काम गरेकाले उद्योगी व्यवसायीहरुको समस्या समाधानको लागि तानसेन नगरपालिकाले ध्यान दिदै आएको बताए ।

पाल्पाको व्यापार व्यवसाय बढाउन, रानीमहललाई अन्तर्राष्ट्रि रुपमा पहिचान गराउने काम शुरु भएको, श्रीनगर र ऋषिकेशव मन्दिर क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने, कालीगण्डकीमा शालीग्राम महोत्सव गर्ने, जसका लागि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ल्याउने तयारीमा नगरपालिका जुटेको कार्यवाहक नगर प्रमुख कार्कीले बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बैंकको मनपरी व्याजको कारण उद्योग व्यवसायीहरु ठूूलो मारमा परेको र ७ प्रतिशत व्याजमा लिएको ऋण १८ प्रतिशत पुगेका कारण उद्योग व्यवसायीहरु भाग्नुपर्ने अवस्था आएकाले सबै पक्ष बैकंको चर्काे व्याज विरुद्ध आन्दोलन गर्नुपर्ने बताए । पाल्पा व्यापार संघसँंग मिलेर काम गर्न पाल्पा उवासंघ तयार रहेको अध्यक्ष भट्टराईले बताए । प्रेस चौतारीका पाल्पाका अध्यक्ष कृष्ण कार्कीले पाल्पाको व्यापार व्यवसाय बढाउन पाल्पाली उद्योगी व्यबसायी नै क्रियासिल हुनुपर्नेमा जोड दिए । पाल्पा व्यापार संघका नवनिर्वाचित अध्यक्ष बामदेव बस्यालले पाल्पाको व्यापार व्यबसाय बढाउदै जिल्लाको आर्थिक विकास गर्न सबै पक्षसँग मिलेर काम गर्ने बताए ।

संघका निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले जिल्लामा उद्योग व्यबसाय बढाउन, पालिकाहरुको निति नियम देखी कार्यक्रमहरुमा भर गर्ने, सोको लागि जिल्लाका १० वटै पालिकाहरुले प्याकेजमा कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिए । तानसेन मखनटोलका सडकहरुका व्यापारीहरुलाई विकल्प विना खाली गर्न खोजिए आन्दोलमा उत्रिने संघका निवर्तमान अध्यक्ष पोखरलेलले बताए । दुई सत्रमा चलेका कार्यक्रमको निर्वतमान अध्यक्ष चिरञ्जीवी पोखरेल, वर्तमान अध्यक्ष बामदेव बस्यालको अध्यक्षता, निर्वतमान सचिव फर्सराम पौडेल, वर्तमान सचिव वालकृष्ण भण्डारीको सञ्चालन, संघका निवर्तमान उपाध्यक्ष थानेश्वर गैरेको स्वागत, संघका प्रथम उपाध्यक्ष विष्णु कार्कीको धन्यवाद सहित समापन भएको थियो । कार्यक्रममा निर्वाचन कमिटीका संयोजक नारायण ज्ञवाली र सदस्य कमलराज तिमिल्सीनाले शपथ तथा पदहस्तानतरणमा सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update