गजल

मन बहादुर खत्री
इस्मा–२ हस्तिचौर, गुल्मी
कोरोना कहर, राहत बाडने, नाम मात्र भो आमा
खिचेर फोटा, फेसबुकमा राख्ने, काम मात्र भो आमा
अभाव भो त, दाना र पानी, इज्जतको धनी छौं
गरिवको दुःख, धनीलाई यहाँ, राम मात्र भो आमा
घरमा छन, के कति जना, गणना गर्दैनन्
राहत चिठी, विनाको यहाँ, खाम मात्र भो आमा
झुपडी वाला, मज्दुर किसान, सूचीमा परेनन्
दरिद्र सिक्री, लाएरै आए, जाम मात्र भो आमा
कन्दमुल खाऔंला, मरेरै जाऔंला, राहत थाप्दिन
विपत्ति पर्दा, भ्रष्टले देख्ने, दाम मात्र भो आमा
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७
प्रतिक्रिया दिनुहोस्