लालकाजी शाक्य
शब्द शब्द मा बिक्छ मान्छे
शब्द शब्दमा मर्छ मान्छे
शब्द शब्दमा जोडिन्छ मान्छे
शब्दशब्दमा टुक्रिन्छ मान्छे
शब्दमा जित्छ मान्छे
शब्दमानै हार्छ मान्छे
शब्दलेनै शिर ठाडो हुन्छ
शब्दले नै मर्छ मान्छे
शब्दले संसार जित्छ
शब्दले सबथोक गुमाउँछ
शब्दलेनै ईज्जत कमाउछ
शब्दलेनै ईज्जत गुमाउँछ
शब्दलेनै सिर्जना गर्छ
शब्दलेनै अन्त
शब्दलेनै शिक्षित तुल्याउँछ
शब्दले गद्दार
शब्दले उज्यालोमा पाईला टेक्छ मान्छे
शब्दलेनै अँध्यारो पुग्छ मान्छे
शब्दले शहनसिलता बन्छ मान्छे
शब्दले नै अहंकार
शब्दमानै सफलताको सिंढी
शब्दलेनै बिकास हुन्छ
शब्दलेनै गर्छ बिनास
शब्दलेनै मानिसलाई
निशब्द बनाउँछ मान्छे
शब्दले नै राजा बन्छ
शब्दले भिकारी
शब्दले शान्ति छाउँछ
शब्दले अशान्ति मान्छे
शब्दले कमाउँछ मान्छे
शब्दले गुमाउँछ मान्छे
शब्दनै ठूलो रहेछ
शब्दमै संसार दुब्छ
शब्दमा नै सास हुन्छ
शब्दमा नै आस
शब्दमा भरोसा हुन्छ
शब्दमा नै निरास
शब्दले बन्छ राम
शब्दले बन्छ रावण
शब्दले बन्छ कृष्ण
शब्दले बन्छ बुद्ध
शब्दले बन्छ अनुशासन
शद्लेनै दुशासन
शब्दमा मिलन
शब्दमा बिछोड
शब्दमा हुन्छ आगो
शब्दमा नै जल
शब्दले शब्द जोडिन्छ
शब्दले नै तोडिन्छ
शब्दले शब्दलाई
बनाउँछ निःशब्द