Shittalpati
तानसेनका युवाहरुले खोले सहकारी

कृष्ण पोखरेल
पाल्पा, तानसेनका युवाहरुले सहकारी सञ्चालनमा ल्याएका छन् । कृषि पशुपालनमा लागेका यहाँका व्यवसायिक युवाहरुले जिल्लामै पहिलो युवा सहकारी खोलेका हुन् । तानसेनका ५५ जना कृषि पशुपालन क्षेत्रमा क्रियासिल युवाहरु मिलेर तानसेन युवा उद्यमशिल बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा ल्याएका छन् ।

वित्तिय अभाव तथा सहज रुपमा आर्थिक व्यवस्थापन नहुँदा दिनुहँ युवाहरु विदेशीनु परेको अवस्थालाई मध्य नजर गरी सहकारी सञ्चालनमा ल्याइएको युवाहरुले बताएका छन् । युवाहरुलाई सहज रुपमा कृषि पशुपालनमा ऋण सहयोग गर्ने, युवाहरुलाई उद्यमी बनाउने, जिविकोपार्जनमा सुधार गर्दै मर्यादित पेशा व्यवसाय सञ्चालन गराउनुुको सहकारी स्थापनाको मुुख्य उद्देश्य हो । सहकारीले कृषि र पशुपालन क्षेत्रमा केन्द्रीत रहँदै आफै उत्पादन, आफै विक्रि वितरण, आफै नाफा आर्जन, आफ्नै काम आफ्नै दाम भन्ने मुल अभियानका साथ विचौलिया विहिन कार्यक्रम सहकारी केन्द्रीत रहने युवाहरुले उद्देश्य लिएका छन् । सहकारीले मुख्य रुपमा कृषि पशुपालनको कामलाई पहिलो प्राथमिकतामा राखेको छ ।

सोही पेशामा कार्यरत युवाहरुमा बचत तथा लगानी, कृषि पशु पेशाका लागि चाहिने मल विउ, विजन तथा खाद्यान्नको व्यवस्था, पशु बिमा तथा प्राविधिक सेवा, पशु दाना, पानी तथा उन्नत जातकोे घाँस रोपण, व्यवसाय प्रवद्र्धनका लागि तालिम तथा शिक्षा कार्यक्रमहरु गर्ने संस्थाका केशव रानाभाटले बताए । सहकारीको प्रथम साधारण सभालाई सम्बोधन गर्दै तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाहीले युवाहरुलाई गाउँ ठाउँमै अड्याई उनीहरुलाई सिप प्रदान गर्न पुजी लगानी गरी उद्यमी बनाउनुु पर्छ भन्ने सोचका साथ सहकारी स्थापना भएकोमा खुसी व्यक्त गरे । तानसेन नगरपालिकाले युवाहरुलाई वितानसेनका युवाहरुले खोले सहकारी बिना धितो ऋण सहयोग गर्दै आएको आगामी दिनमा युवा लक्षित कार्यक्रम सञ्चालनको पुर्वाधार तयार भएको समेत उनले बताए ।

तानसेन नगरपालिकाकां सहकारी विभाग प्रमुख दुर्गाबहादुर थापाले तानसेनमा सहकारी गठन भईसकेपछि कोकोपिस प्रणालीमा आधारित भएर काम गर्नुपर्ने बताए । तानसेनमा केही सहकारीले नाम बहुउेद्देश्यीय राख्ने तर काम बचत तथा ऋणको मात्र गर्दै आएको भन्दै ती संस्थाहरुलाई कारवाहीको दायरामा ल्याउने बताए । ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले तानसेन नगरपालिका, हेफर, युनडिपी र रेडा मिलेर युवाहरुलाई उद्यमी बनाउने अभियान अन्र्तगत युवा सहकारी गठन गरी काम शुरु गरिएको बताए । विचौलियाको कारण कृषकले सस्तोमा उत्पादन विक्रि गर्नुपर्ने र उपभोक्ताले महँगोमा किन्नु पर्ने बाध्यता हटाउने उद्देश्यले महिला, युवा, कृषि सहकारीहरु गठन अभियान नै चलाइएको रेडाका निर्देशक कार्कीले बताए । कार्यक्रममा तानसेन नगरपालिका वडा नंं ३ का वडा अध्यक्ष बाबुरत्न शाक्य, मिलनसार सामाजिक उद्यमी बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कमला भण्डारी, शेयर सदस्य शशी श्रेष्ठ, पत्रकार महासंघका सदस्य कृष्ण पोखरेल लगायतले युवा सहकारी उद्देश्य अनुसार काम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update