लालकाजी शाक्य
जय, जय, जय हे कुर्सी देव
तिम्रो महिमा अपम्पार
जस्ले खातिर गर्छ, उ मालामाल बन्छ
तिम्रो आशिष नपाउनेको बेहाल हुन्छ
रुप तिम्रो अति सुन्दर थरी थरिका
कुनै मखमली कुनै डनलपका
कुनै प्वाल परेका कुनै च्यातिएका
कुनै कुनातिर थन्किई रोइरहेका
पद अनुसार आरामदायकको
स्वाद तिम्रो रसभरी भन्दा मीठो
जस्ले पनि चाख्नै खोज्ने
भाँच्न खोज्नेको साटो जाने
तिमिलाई पाउन अनेकौं गर्छ खेल
कहिले मेल कहिले जालझेल
पाउनेले खुशि हुँदै पार्टी गर्ने
नपाउनेले कुनामा बसी आँसु झार्ने
तिम्रो रुप पनि गजव्को छ
थरी थरि रंगरोगन खोल छ
देख्ने र्याल चुहाई थुक निल्छ
तिमिलाई पाउन चाल रचिन्छ
जो बलियो छ उस्ले कुर्सीको स्वाद चाख्छ
नपाउनेले मुख बंग्याउँछ
हे प्रभु कुर्सीदेव तिम्रो अनुकंपाले प्राप्त कुर्सी
त्यसै छाड्न मन कहाँ लाग्छ ?
तिमीलाई देख्ने ज कोहि मोहित हुन्छ
तिम्रो मोहनी रुपले सबैकुरा बिर्सिन्छ
के गर्न हुन्छ के गर्न हुन्न याद कहाँ रहन्छ
आफै बनाएको आचारसंहिता, कानुन आफै तोडिन्छ
हाम्रो बिरोध गर्नेलाई लाठी गोली खुवाइन्छ
मरे दश लाख दिई सहिद घोषणा गरिन्छ
जय हे कुर्सी देव तिमीलाई पाउने तृष्णा अझै मेटिएन
यस पटकको चुनाव लड्न अझै छोडिन्न