Shittalpati
देशभरका परियार समुदायका अगुवा पाल्पामा भेला हुँदै

पाल्पा, देशभरका परियार समुदायका अगुवाहरु पाल्पामा भेला हुने भएका छन् । परियार समाज गुठीकोे स्वर्ण महोत्सव मनाउन देशभरका परियार समुदाय पाल्पाको तानसेन आउने भएका हुन् । गुठीको यही चैत २८ र २९ गते हुने महोत्सवमा देशभरबाट झण्डै पाँच सय परियार समुदायका अगुवाहरु तानसेन आउने आयोजकले जनाएको छ । परियार समुदायको हक अधिकारका सवाल महोसत्वमा छलफल हुने महोत्सव मूल आयोजक समितिका अध्यक्ष तीर्थप्रसाद गौतमले जानकारी दिए । चैत २८ गते पाल्पाको ऐतिहासिक श्रीनगरडाँडामा विहान गुठी पुजा र चैत २९ गते सांस्कृतिक झाँकी सहित प्रभात फेरी, विभिन्न विधामा उल्लेखीय योग्दान गरेका राष्ट्रियस्तरका व्यक्तित्वलाई सम्मान, परियार समुदायको उन्नतिका लागि अन्तक्र्रिया, घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न गर्ने योजना रहेको समितिका अध्यक्ष गौतमले बताए ।

महोत्सव सम्पन्न गर्नका लागि परियार समाज गुठीका अध्यक्ष तीर्थ प्रसाद गौतमको संयोजकत्वमा १०१ सदस्य स्वर्ण महोसत्व मूल आयोजक समिति गठन गरिएको छ । यस्तै प्रतिवेदन लेखन उपसमिति, अतिथि सत्कार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, खाना तथा आवास उपसमिति, प्रचार–प्रसार तथा निमन्त्रण उपसमिति, स्वयसेवक उपसमिति, प्राथमिक उपचार तथा स्वास्थ्य सेवा उपसमिति, सांस्कृतिक उप समिति गठन गरिएको छ । प्रतिवेदन लेखन समितिको संयोजकमा तीर्थप्रसाद गौतम, सदस्यहरुमा सूजन कार्की, विनोद बुढाथोकी, सूर्यप्रकाश दर्नाल, ताराबहादुर गौतम, आन्नदप्रसाद बुढाथोकी, सोभिता परियार, कृष्ण दर्नाल रहेका छन् । आर्थिक उपसमितिको संयोजकमा दीपक रणपाल, सदस्यहरुमा सर्जु गौतम, विष्णु गौतम, मधुसुधन छिनाल, शिवप्रकाश दर्नाल, मञ्जु रणपाल, कविता गौतम, सावित्री गौतम, इन्दु कोइराला, तुल्सी रणपाल, शम्भु रणपाल रहेको गुठीले जनाएको छ ।

त्यसैगरी प्रचार–प्रसार उपसमितिको संयोजकमा सुजन कार्की, सदस्यहरुमा सविन रणपाल, विक्रम बुढाथोकी, धमेन्द्र भित्रीकोटी, सूमित बुढाथोकी, तुलसी रणपाल, कृष्ण दर्नाल रहेका छन् । मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा श्रवण कुमार गोतामे, सदस्यहरुमा राजेश परियार, राहुल गौतम, विकास दर्नाल, विष्णु भित्रीकोटी, राजु गौतम, किरण कार्की, सोल्मी बुढाथोकी, तुल्सी दर्नाल रहेको प्रचार–प्रसार उपसमितिका संयोजकमा सुजन कार्कीले बताए ।

अतिथि सत्कार उपसमितिको संयोजकमा विष्णु गौतम, सदस्यहरुमा सुस्मा गौतम, सावित्री गौतम, सुनिता रेग्मी, कविता गौतम, उषा गौतम, दीपा रणपाल, सन्तोषी गौतम, दुर्गा भित्रीकोटी रहेका छन् । त्यसैगरी सम्मान उपसमितिको संयोजकमा विनोद प्रसाद बुढाथोकी, सदस्यहरुमा घनश्याम दर्नाल, सोविन गौतम, सावित्री कोइराला, विजय बुढाथोकी, इन्द्रजित दर्नाल, आशिष रणपाल रहेका छन् । खाद्य तथा आवास उपसमितिको संयोजकमा धुव्र कार्की, सदस्यहरुमा सुनिल बुढाथोकी, सरजु गौतम, नवीन रणपाल, हेमकुमारी कार्की, दीपा कार्की, तुल्सी दर्नाल, कविता गौतम, मनोज कार्की, गोविन्द रणपाल रहेका छन् ।

त्यसैगरी सांस्कृतिक तथा मनोरञ्जन उपसमितिको संयोजक सञ्जु दर्नाल, सदस्यहरुमा धुर्व रणपाल, सुनिल बुढाथोकी, आशा गुरु· रणपाल, निरकुमार बुढाथोकी, विवेक गौतम, दुर्गा गौतम, मनोज गोतामे, सविन गौतम रहेका छन् । त्यसैगरी स्वयम्सेवक उपसमितिको संयोजकमा सावित्र रणपाल, राकेश गौतम, विकास रणपाल, विधान बुढाथोकी, सुसान गौतम, विराज दर्नाल, विवेक गौतम, कृष्ण गौतम, कमल दर्नाल लगायत रहेका छन् । प्राथमिक उपचार तथा स्वास्थ्य उपसमितिको संयोजक शम्भु रणपाल, सदस्यहरुमा पार्वती गौतम, दुर्गा गौतम, कल्पना गौतम, शिवप्रकाश दर्नाल, सुजन कार्की, सविन रणपाल, सालु बुढाथोकी रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update