पाल्पा, कोभिड संक्रमणबाट एकैदिन २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार थप २ जनाको मृत्यु भएको हो । मंगलबार थप १ सय ७१ जनामा संक्रमण देखिएको छ । २ हजार २ सय ९२ जनामा परीक्षण गर्दा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ३ सय ९७ रहेको छ ।
त्यसैगरी आईसीयूमा ८ जना र भेन्टिलेटरमा ४ जना कोभिड संक्रमित उपचाररत छन् । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणका बिरामी बढ्न थालेका छन् । चैतको दोस्रो सातादेखि कोरोना संक्रमितको ग्राफ बढ्न थालेको हो । सीमापारी भारतमा कोरोना संक्रमण ह्वातै बढेसँगै नेपालमा पनि उच्च देखिएको छ । खुला सीमाबाट संक्रमितको निर्वाध आवतजावत भइरहेकाले संक्रमण बढेको विज्ञहरू बताउँछन् ।
नेपालमा संक्रमण बढ्दै गए पनि सर्तकता भने अपनाइएको छैन् । सरकारले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरस विरुद्धको खोप लगाउन, बेलाबेलामा साबुन पानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको पनि त्यसको आमनागरिकले व्यवस्था गरेका छन् ।