Shittalpati
सिटिजन्स बैंकले दियो तानसेन बहुमुखी क्याम्पसलाई पंखा

पाल्पा, सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेड तानसेन शाखाले तानसेन बहुमुखी क्याम्पसलाई पंखा दिएको छ । बैंकले १६ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत क्याम्पसलाई ७ थान पंखा दिएको हो ।

बैंकले बुधबार क्याम्पसमै पुगेर पंखा हस्तान्तरण गरेको छ । बैंक तानसेन शाखाका प्रबन्धक केशव नेपालले क्याम्पस प्रमुख पुष्करराज रेग्मीलाई सिलिङ फ्यान हस्तान्तरण गरेका हुन् । प्रबन्धक नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक संस्थालाई सानो भए पनि सहयोग स्वरुप पंखा दिइएको बताए । उनले भने ‘हामी वित्तिय कारोबारसँगै सामाजिक संस्थागत उत्तरदायित्वलाई पनि सँगसँगै अगाडि बढाएका छौं, सामाजिक, शैक्षिक जस्ता क्षेत्रमा बैंकको उपस्थिति जनाउनको लागि पनि हामी अग्रसर भएका हौं ।’ क्याम्पस प्रमुख पुष्करराज रेग्मीले बैंकले क्याम्पसप्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गर्दै आभार व्यक्त गरे । उनले गर्मीको समय भएकाले पनि विद्यार्थीहरुको अध्ययनका लागि पंखाले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।

शाखा प्रवन्धक नेपालसहित सुशान श्रेष्ठ, चिरञ्जीवी शर्मा, सुमन नेपाल लगायत बैंकका कर्मचारीहरु पंखा वितरणका लागि काजीपौवास्थित तानसेन बहुमुखी क्याम्पस पुगेका थिए । बैंक तानसेन शाखाले विगतदेखि नै सामजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । उसले बैकि· सेवामार्फत ग्राहकलाई सहज, सरल र प्रभावकारी रुपमा सेवा प्रदान गर्दै बैंकिङ पहुँचभन्दा बाहिर रहेका नागरिकहरूलाई सहजै बैंकको पहुँचमा ल्याउने कार्यमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update