सबैको चाहाना विकास हुुनुु नै हो । त्यही विकास शब्द नेतादेखि जनता सबैको प्रिय छ । विशेषतः नेता र मन्त्रीहरुले जनताहरुलाई कोशेलीको रुपमा बाँड्ने भनेकै विकासको सपना हो । अहिले हरेक नेता र राजनीतिक पार्टीको नारा नै विकास बनेको छ । सरकारका मन्त्रीदेखि जिम्मेवार पदाधिकारीसम्मले विकासको रटना लाउने गर्दछन् । जनतामा पनि विकासको नारा सुन्ने लालसा बढेको बढ्यै नै छ । नेताहरूले विकासका धेरै सपना बाँडेका छन् । जनतालाई त्यही विकासको सपना देख्ने बानी परेको छ । विकास र समृद्धिका जति कुरा गरे पनि व्यवहारतः त्यो लागुु हुुन सकेको छैन् । यो अत्यन्त कुरा हो । विकास नभएको होइन । तर जति हुनुु पर्ने हो त्यो हुन सकिरहेको छैन् । विकासको गति अत्यन्त सुस्त छ । विकासमा जनताको आवश्यकता, चाहना र भावनाभन्दा पनि नेताको चाहना र महत्वाकांक्षाले बढी महत्व पाउने भएकाले विकासको गति अत्यन्त सुस्त भएको कुरा नकार्न सकिदैन ।
जनता आफ्ना लागि राजनीतिज्ञहरूबाट केही काम होला भन्ने सोचाइमा हुन्छन् । उनीहरूका सपना भनेको नै आफ्नो ठाउँको विकास निर्माण र जीवनयापनमा सहजता हो । त्यसैका लागि उनीहरूले निर्वाचनका माध्यमबाट आफ्ना नेता छनौट गरेका हुन्छन् । अर्कोले भन्दा यसले चाहिँ राम्रो काम गर्नसक्छ कि भनेर उनीहरूले कुनै निश्चित नेतामाथि आफ्नो सपना सिर्जना गरेका हुन्छन् । आफूले विश्वास गरेको नेताबाट आफ्नो गाउँ–ठाउँको कायापलट हुने आशा धेरैको हुन्छ तर त्यो आशा निरासमा परिणत हुनुु दुुःखद् हो । मुुलुक प्राकृतिक स्रोत–साधनले भरिपूर्ण भए पनि अपेक्षाकृतरुपमा विकासले गति लिन नसक्नुु चाही दुुर्भाग्य हो । कृषि, पर्यटन, ऊर्जा, खानी, जलस्रोत जस्ता स्रोतहरु प्रसस्त छन् तर तिनीहरुको उचित परिचालन गरेर देशको विकास गर्न सकिएको छैन् । राजनीतिक दल र सरकारले यसतर्फ ध्यान दिनैपर्छ । हरेक नेता, मन्त्रीले मुलुुकको विकास र समृद्धि ल्याउन भनि जसरी प्रतिवद्धता व्यक्त गर्ने गर्छन्, सोही अनुसार काम भएको हेर्ने चाहनामा नागरिकहरू बसेका छन् । अहिलेको आवश्यकता विकास र समृद्धि नै हो । यसर्थ अब नारा, भाषण र आश्वासन बाँड्ने मात्र होइन, बोलीअनुसार काम गर्न जरुरी छ ।