Shittalpati
तानसेनमा देखिएन इदको रौनक

पाल्पा, मुस्लिम धर्मालम्बीहरुले शनिबार इद (इद उल फित्र) मनाएका छन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ । देशभरका मस्जिदमा बिहान इदको नमाज पढी शुभकामना आदान–प्रदान गर्दै मुुस्लिमहरूले खुसियाली मनाए पनि पाल्पाको तानसेनमा भने त्यस्तो देखिएन् । विगतमा हर्षोउल्लासका साथ यो पर्व मनाए पनि तानसेनका मुस्लिम धर्मालम्बीहरुले यसपटक भने घरमै परिवारबिच सामन्य रुपमा पर्व मनाए । तानसेन नगर सरकारले व्यापारिहरुले व्यवसाय गर्दै आएका टहरहरु भत्काइदिएको पिडामा उनीहरुले यस वर्ष हर्षोउल्लासका साथ पर्व मनाएनन् ।

तानसेन जामा मस्जिद कमिटिले नै शुक्रबार एक प्रेस विज्ञप्ती निकालेर पीडाको घडीमा खुुसीयालीका साथ पर्व नमाउन सम्पूर्ण तानसेनका मुुस्लिम धर्मालम्बीहरुलाई आग्रह गरेको थियो । तानसेन नगरपालिकाले एकलौटी रुपमा ५७ घर टहराहरु भत्काएर व्यवसायीहरुलाई विस्थापित गर्ने कार्यले आफुहरु अत्यन्त चिन्तित बनेकाले यस पटकको पर्व हर्षोउल्लासका साथ मनाउन नसकिएको तानसेन जामा मस्जिद कमिटिका अध्यक्ष मकबुल अलिले बताए । उनले भने,‘तानसेन नगर सरकारले भत्काएका ५७ टहरा मध्ये अधिकांस टहरामा मुस्मिल समुुदायका व्यवसायीहरुले गर्दै आउनुभएको थियो, तर त्यो व्यवसायी नै स्थानीय सरकारले खोसेपछि हामी पीडामा छौं,यो पीडाको बेलामा चाडपर्व समेत खुसीका साथ मनाउन सकेनौं ।’ मुस्मिल समुुदायको परम्परा अनुुसार प्रर्थाना गरेर घरमै सामन्य रुपमा यस वर्षको पर्व मनाइएको अलिले बताए । जामा मस्जिदका अध्यक्ष अलि र सचिव नुरदिन शेखद्वारा हस्ताक्षरित विज्ञप्तीमा पनि इदपर्व हर्षोउल्लासका साथ मनाउन नसकिने उल्लेख गरिएको थियो । इद खुसी साट्ने पर्व हो । यो तीन दिनसम्म मनाइन्छ । एक महिनासम्म रोजा बसेपछि इदको दिनमा खुसियाली साट्ने, आफन्तलाई बोलाएर भोजन गराउने, दान गर्ने प्रचलन भए पनि तानसेनका मुस्मिल समुुदायले यस वर्ष त्यो गरेनन् । यो भाइचारा साट्ने दिन पनि हो । मस्जिद वा इदगाह (इदको नमाज पढ्न बनाइएको खुला ठाउँ) मा भेला भएर इदको नमाज पढ्ने चलन छ ।

इदको नमाजपछि एकापसमा गला मिलाएर इद मुबारक भन्दै शुभकामना आदान प्रदान गरिन्छ । बिहानै नुहाइ धुवाइ, सफा र राम्रा कपडा र अत्तर (बास्नादार चिज) लगाएर सेबई, फलफूल वा अन्य मिठा परिकार खाएपछि नमाजका लागि मस्जिद वा इदगाह जान्छन् । इदको नमाज पढ्नुअघि हरेक व्यक्तिले आफ्ना परिवारका तर्फबाट ‘सद्काए फित्रा’ स्वरूप रकम तिर्नुपर्ने हुन्छ । त्यो रकम अलग्गै जम्मा गरिन्छ । यस्तो रकम गरिब, असहाय, विपन्न, मिस्किनले मात्रै प्रयोग गर्न सक्छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update