Shittalpati
आज विश्व पुस्तक दिवस

पाल्पा, नेपालमा पनि आज अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तरक्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, इष्टमित्रलाई पुस्तक उपहार दिएर यो दिवस मनाइँदैछ ।

शेक्सपियरलगायत विभिन्न चर्चित लेखकको जन्मदिनको अवसर पारेर संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले २३ अप्रिल सन् १९९५ देखि सो दिवस मनाउन थालेको हो । नेपालमा भने पाँच वर्षदेखि गैह्रसरकारी क्षेत्रबाट यो दिवस मनाउन थालिएको हो । आजै विश्व प्रतिलिपि अधिकार दिवस पनि परेको छ । युनेस्कोले अध्ययन, प्रकाशन र बौद्धिक अधिकारलाई प्रवद्र्धन गर्न सन् १९९५ देखि हरेक वर्ष आजको दिन (२३ अप्रिल) मा विश्व पुस्तक एवं बौद्धिक अधिकार दिवस मनाउँदै आएको छ । बेलायतका कवि, नाट्यकार तथा अभिनेता शेक्सपियरको जन्म र स्मृति दिवस पनि आजै पर्छ ।

विश्वभरि १०० वटा भन्दा धेरै देशमा शैक्षिक संस्था, सार्वजनिक निकाय, व्यावसायिक समूह र निजी व्यवसायहरूद्वारा विभिन्न पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी तथा सेमिनार, सम्मान कार्यक्रम आदि आयोजना गरेर विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाइन्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update