पाल्पा, नेपाली काँग्रेसका युवा नेता तथा गुल्मीका सचिव जगदीश भट्टराई बस दुर्घटनाका घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका छन् । भट्टराईले मंगलबार पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा पुगेर उपचारत घाइतेहरुको अवस्था बारे जानकारी लिएका छन् ।
अस्पतालमा घाइतेहरुलाई भेटेर उनले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै पनि कमी हुन नदिन अस्पताललाई आग्रह समेत गरेका छन् । भट्टराईले उपचाररत घाइतेहरुको सहयोगका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने र समन्वयकारी भूमिका खेल्ने बताए ।
गत आइतबार बुटवलबाट बाग्लुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको थियो । उक्त दुर्घटनामा चालकसहित ३८ जना घाइते भएका थिए, भने एक जनाको मृत्यु भएको थियो ।