टोपबहादुर रायमाझी र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी
काठमाडौं, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उनीहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ । –रासस
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्