पाल्पा । जिल्ला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराई र्निविरोध चयन भएका छन् ।
आइतबार तानसेनमा भएको संस्थाको २० औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो । भट्टराई रारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत हुन् ।
अधिवेशनले उपाध्यक्षमा पं.होमनाथ न्यौपाने, सचिवमा धनबहादुर रायमाझी, कोषाध्यक्ष शशि श्रेष्ठलाई चयन गरेको छ । सदस्यहरुमा खगराज अर्याल, नगीलाल पौड्याल, यमबहादुर खत्री, तुलसीराम भुषाल, केशरजंग राना, दिवाकर पराजुली, रेनुका शर्मा रहेका छन् । त्यस्तै संस्थाको लेखा संयोजकमा टेकुराम गाहा, सदस्यहरुमा लक्ष्मी न्यौपाने र कालिदास बस्याल रहेको संस्थाले जनाएको छ । नवर्निवाचित अध्यक्ष भट्टराईले जिल्लाका आम नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि आर्थिक समृद्धिको अभियानलाई अगाडि बढाउने बताए । उनले सहकारीले क्षमता र सीपको विकासलाई जोड दिदै रोजगार सिर्जन गर्ने अभियानलाई अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।