दाङ –(लमही), भोलीदेखि नेपाली काँग्रेस लुुम्बिनी प्रदेशले बृहत्त अभिमूूखीकरण कार्यक्रम गर्न लागेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको आयोजनामा जेठ २२ र २३ गते दुई दिन प्रदेशस्तरीय पार्टी अभिमूखिकरण कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमको सबै तयारी पुरा भएको नेपाली काँग्रेस लुम्बिनी प्रदेशको सचिवायलयले जनाएको छ । १४ औं महाधिवेशन पछिको प्रदेशका प्रभावशाली नेताहरुको सहभागितामा हुने यो कार्यक्रमको नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस अघी लुम्बिनी प्रदेशले वैशाख २९, ३० र ३१ गते प्रदेश भरीका १ सय भन्दा धेरैलाई प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको थियो ।
प्रदेशका १२ वटै जिल्लाका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, जिल्ला सभापति, संघीय क्षेत्रका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पालिकाप्रमुख र उपप्रमुख, गरी १ सय ६० जनालाई सोमबार र मंगलवार दुई दिनसम्म अभिमूखिकरण कार्यक्रम गर्न लागिएको नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले जानकारी दिए । नेपाली काँग्रेस लुम्बिनीले आयोजना गरेको अभिमूखिकरणले स्थानीयतहका जनप्रतिनिधी र पार्टी बीचको समन्वय र बजेट निर्माणका साथै जनमुखि नीति र कार्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति तथा प्रशिक्षण विभागका प्रमुख भुवनप्रसाद श्रेष्ठले बताए ।
अभिमुखि कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जनप्रतिनिधी र पार्टी संगठन तथा समसामायिक मुलुकको राजनैतिक अवस्था, लुम्बिनी प्रदेशका मुख्य मन्त्री तथा संसदीय तलका नेता डिल्ली वहादुर चौधरीले प्रदेश सरकार र स्थानीय जनप्रतिनिधीको सम्बन्ध, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले पार्टी र जनप्रतिनिधिको भूमिका, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री डा.मिनेन्द्र रिजालले नेपाली काँग्रेस र वर्तमान समसामायिक राजनैतिक अवस्था, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नकुल केसीले योजना निर्माणा र कार्यान्वयन, नेपाल सरकारमा पुर्वमुख्यसचिव तथा प्रशिक्षक डा.सोमलाल सुवेदीले राजस्व परिचालन र योजना तर्जमा प्रक्रिया, पुर्वसहसचिव पुरुषोत्तम नेपालले, बेरुजु फस्र्योट खरिल, वरिष्ठ प्रशिक्षक तीर्थ पौडेलले बैंठक सञ्चालन विधी र प्रक्रिया, गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सल्लाहकार लेखनाथ पोख्रेलले स्थानीय सरकार र सञ्चालन परिवेश, अनुभव तथा सुझाव दिने कार्यक्रम तयभएको काँग्रेस प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।