Shittalpati
लोप हुन लागेको ऐतिहासिक धरोहर ‘तानसेन’

ज्ञानेन्द्रबहादुर श्रेष्ठ (ज्ञानु)
तानसेन–२, पाल्पा

नेपाली शब्द कोषमा स्वर्णिम अक्षरले सजिएको इतिहास, बुद्ध जन्मेको प्रदेशको आकाशमा सदैव चम्किरहने संस्कृति, ९ जिल्लाको न्यायपालिका, कार्यपालिका पाल्पा गौडा, शिक्षा, स्वास्थ्य, पर्यटनमा पश्चिम नेपालको आर्दश, गौरव बोकेको पुरातात्विक नगर हो तानसेन । बुटवल पछिको दोस्रो ठूलो व्यापारीक केन्द्र्रका रुपमा उपमा पाएको तानसेन आफैमा एक ऐतिहासिक शहर पनि हो ।

तानसेन देशको तेस्रो नगरपालिकाको रुपमा स्थापना भएको थियो । प्राकृतिक शौन्दर्यताले भरिपूर्ण दुर्गम जिल्लाको विख्यात शुगम शहरको रुपमा स्थापित भएकाले पनि यो नगरपालिकाको रुपमा स्थापित हुन सफल भयो । लुम्बिनी प्रदेशको उत्तरी भेगमा अवस्थित शितल, शान्त वातावरणीय, ऐतिहासिक पुरातन सभ्यताको धरोहरका रुपमा तानसेनलाई चिनिन्छ । यहाँ थुप्रै ऐतिहासिक सम्पदाहरु र पर्यटकीय स्थलहरु रहेकाले पनि तानसेनलाई सुन्दर पर्यटकिय नगरिका नामले समेत सबैले चिन्ने गर्दछन् । यस पवित्र वर्दानी देवभुमीको पहिचान नहुने देशी, विदेशी जनमानसहरु शायद विरलै भेटिएलान । कारणवस हामी कुनै जिल्लाका गाउँ, शहर, वस्तीमा पुगेर म पाल्पाली हुँ भन्दा सोे ठाउँका नागरिकले उत्साह प्रकट गरी हामीलाई प्रेम, सद्भावना, आदर, सम्मान र न्यानो मायाको उपहार पहिराई दिदा हामी हर्ष र गौरवले अवश्य विभोर भएका छौं, होला, हैन र ? तर अफशोच र दुर्भाग्य नेपालका पिछडिएका दुर्गम गाउँ वस्तीहरु समय अनुकुल नयाँ–नयाँ विकासका अवधारणाले उन्नतिको तिव्र गति लिई सक्दा पनि यस सुन्दर ऐतिहासिक नगरी तानसेनमा जनजिविका सम्बन्धी न्युनतम आधारभुत आवश्यकताको परिकल्पना समेत हुन नसक्नु लाजमर्दो कुरा भन्नु असान्दर्भिक नहोला । यसै सिलशिलामा परिवारजनको दुई छाकको जोहो मिलाउन अति कठिनाइको सामना गर्दा पनि असमर्थ हुन पुग्दा आदरणीय, आर्दश, पुज्य पौरखी पुर्खाहरुको कठिन परिश्रम, निस्वार्थ योगदान र अमूल्य बलिदानले सिर्जेको यस अमूूल्य स्नेही जन्म भूूमिलाई आत्मासाथ गरी गहभरी आँसुुको कथा र व्यथा बोकी केही वर्ष यतादेखि निरन्तर विस्थापित हुने क्रम दिनानुदिन बाक्लिदै गहिरहेको तितो यर्थात् सर्व जाहेर नै छ, हैन ? ता पनि यहाँको बौद्धिक जमात, नागरिक समाज, राजनीतिकर्मी, वुद्धिजिवी वर्ग, सरोकारवाला निकाय लगायत हामी पाल्पाली, तानसेनवासी हुँ भन्दा समाजको के कुनै जिम्मेवारी र दायित्व नभएको नै होला त ? या मानव सभ्यताको इतिहास नै मेटाउने व्यक्तिगत स्वार्थले प्रेरित भएका कारण ले ?

 धिक्कार छ हामी आर्दशवादी पाल्पाली भनौदामा । अझ पनि हामी एकआपसमा निस्वार्थ सेवा भावनाले प्रेरित भै आर्दश विचारको आदान–प्रदान गरी समउन्नत तानसेनको उज्जवल भविष्यतर्फ एकपटक गहन सोच विचार गरी अगाडि बढ्न सक्यौ भने तत्कालिन तानसेन त हैन । केही हदसम्म कठिन र निराशाको बादल पन्छाउन र विस्थापित हुनबाट रोक्न अवश्य सक्षम हुन सक्छौं होला । प्रयास लक्ष्य प्राप्तिको पहिलो खुड्किलो हो ।  होइन र ? अन्यथा यस्ता कथनहरु सान्दर्भिक हुन नसक्ला भन्न सकिदैन ।एकादेशमा एउटा अमुक राजा थियो रे... भने जस्तै एका जिल्लामा एउटा तानसेन भनिने ऐतिहासिक सुन्दर नगरी थियो रे.... भनी भोलिका पिढीले कतै मिल्काएको कागजको पाना खोज्न बाध्य हुने त होइन ? सौचौं है ?

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update