Shittalpati
रामपुरमा अवैध मल भण्डारण गरी राखेको भेटियो

पाल्पा,  जिल्लाको रामपुर नगरपालिका –५ बेझाडमा अवैध रुपमा रासयनियक मल भण्डारण गरी राखेको फेला परेको छ । शनिबार रम्भा गाउँपालिका –१ हुँगीमा अवैध मल बरामत गरेको केही समयमै रामपुरको बेझाडस्थित विजय श्रेष्ठको ४ तले पक्की घरको भुुई तलाको सटरमा अवैध मल भण्डारण गरी राखेको फेला परेको हो ।

अवैध मल भण्डारण गरी राखेको भनि गोप्य सुुचनाको आधारमा रामपुर नगरपालिकाकी उपप्रमुख बालकुुकारी थापाको संयोजकत्वमा गएको कृषि सहकारी अनुुगमनकर्ता, नगर प्रमुख रमणबहादुर थापा, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रसाद ढकाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापा, रामपुर प्रहरी चौकीका प्रहरी निरीक्षक लक्ष्मण देवकोटा लगायतको टोलीले श्रेष्ठको सटर खोली हेर्दा भारतीय जनउर्वरक परियोजना भारत युुरिया नामक ६ सय ५० बोरो युरिया मल फेला पारेको थियो । मल फेला परेपछि टोलीले उक्त सटर शिलबन्दी गरेको छ ।

पछिल्लो समय भन्सार छली मल ल्याउने र सरकारी अनुुदानमा पाइएको मल समेत विक्री गर्ने क्रम बढेको छ । केही दिन अघि सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको युरिया मल निजी एग्रोभेटलाई बिक्री गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्लाको रामपुर नगरपालिका–७ स्थित हराभरा कृषि सहकारीले अनुदानमा आएको मल निजी एग्रोभेटलाई बिक्री गरेको  थियो । उसले स्याङ्जाको वालिङ भकुण्डेस्थित गरिमा एग्रोलाई बिक्री गरी गाडीमा मल लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । सहकारीले एग्रोलाई प्रतिबोरा एक हजार ५० का दरले बिक्री गरेको पाइएको थियो ।

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update