Shittalpati
बाढी - पहिरोमा ६ को मृत्यु, २९ बेपत्ता

पाल्पा,जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुुगेको छ । अविरल वर्षाका कारण संखुुवासभामा, ताप्लेजुङमा, पाँचथरमा र नुवाकोटमा भएको आएको बाढी र पहिरोबाट सोमबार दिउसँसोसम्म ज्यान जानेको संख्या ६ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उसका अनुसार बाढी तथा पहिरोमा परी संखुुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी  ६ जनाको ज्यान गएको हो ।

मृतकहरुमा पाँच पुरुष र एकजना बालिका रहेका छन् । बाढी र पहिरोमा परी २९ जना बेपत्ता छन् भने ६जना घाइते रहेको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बेपत्ताको खोजी कार्य जारी रहेको बताइएको छ । बाढी, पहिरोका ९७ घरपरिवार विस्थापित भएका छन् । साथै बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरामो पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बाढी, पहिरो प्रभावित क्षेत्र पुुगेर संखुवासभा, ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उद्धार र राहतको काममा कुनै कसर बाँकी नराख्ने बताएका छन् । प्रधानमन्त्री दाहालले बाढीपहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाउने पनि बताए । उनले तत्कालै बाढीले बगाएका पक्की पुलमा बेलिब्रिज बनाउने र आवतजावत सहज बनाउने बताएका छन् । तीन वटै जिल्लामा भएको क्षतिको विवरण हेरेर सरकारले नयाँ कार्यक्रम ल्याउने पनि प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update