पाल्पा, पिउन, सिँचाइ, ढुवानी र माछाको स्रोतदेखि विजुली उत्पादनसम्म खोला–नदीको उपयोग हुन्छ । त्यति मात्र होइन खोला–नदी पृथ्वीको गतिशील, रोमाञ्चक अनि सुन्दर परिदृश्य पनि हुन् । यीनै खोला–नदीको पानी, ढुंगा, बालुुवा प्रयोग गरेरै आर्थिक लाभ प्राप्त हुने र त्यही पुँजीले विकास हुने कुरा नकार्न सकिदैन । तर मानवीय व्यवहारका कारण यीनीहरुबाट लाभसँगै जोखिम पनि उत्तिकै रहेको छ । पछिल्लो समय मानवीय त्रुटिका कारण खोला–नदी काल बनेका छन् । पाल्पामा रहेका खोला–नदीबाट धेरैले अकालमै ज्यान गुमाउनु परेको छ ।
यहाँ दैनिक जसो खोलामा डुवेर मृत्यु भएका समाचारहरु आइरहन्छ । जिल्लामा डुवेर अकालमै ज्यान गुमाउनेको संख्या बढ्दो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जाकारी दिए । यहाँका नदी र खोलाबाट एक वर्षमा २२ जनाले अकालमै ज्याज गुुमाउनुु परेको छ । जसमा १० पुुरुष, २ महिला, ५ बालक र ५ बालिका रहेका छन् । आर्थिक वर्ष २०७९/८० को असार २ गतेसम्मको जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्याड्ढमा २१ जना रहेको उल्लेख गरिए पनि आइतबार कालीगण्डकी नदीमा डुबेर एक किशोरीको समेत मृत्यु भएको छ । योसँगै नदी –खोलाबाट एक वर्षमा २२ जनाले ज्यान गुमाए । ज्यान गुमाउनेमा अधिकांस घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक रहेका छन् ।
तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोला ड्याम साइड र भूतखोलामा पर्यटकका लागि बनाइएको संरचनाले धेरैको ज्यान लिएको छ । भूतखोलामा रहेको पानी पोखरी अवलोकन गर्न पुग्नेहरु फोटो खिच्ने र पौडी खेल्न क्रममा अकालमै ज्यान गुमाउन बाध्य भएका छन् । स्थानीय सरकार र प्रदेश सरकारले अध्ययन नै नगरी पर्यटक तान्न संरचना बनाएका कारण यस्तो समस्या आएको हो । हरेक वर्ष गर्मी मौसममा पौडी खेल्न जाने र खोलाको सिन लिएर तस्बिर खिच्चेहरु लडेर ज्यान गुमाउने गरेका छन् । भूतखोला पर्यटकका लागि आकर्षण स्थल भए पनि त्यसको उचित सुरक्षा प्रवन्ध नहुँदा धेरैले ज्यान गुमाउनु परेको हो । उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटकहरु बढी जाने र उनीहरुले नै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले सो स्थानमा सुरक्षाका उपायहरु अपनाउन जिल्ला पहरी कार्यालयले स्थानीय सरकारलाई आग्रह समेत गरेको छ । पछिल्ला केही दिन यता भारत, रुपन्देही लगायत तराईका जिल्लाहरुबाट गर्मी छल्न तिनाउ खोलामा पौडी खेल्न पुुग्नेहरुको संख्या बढ्दै जाँदा डुवेर मृत्यु हुनेको संख्या समेत बढेको प्रहरीले जनाएको छ ।
भूतखोलामा रहेको सानो झरना र नीलो रङको पोखरीका कारण मानिस आकर्षित हुने गरेका छन् । यहाँको भूतखोला, ड्याम र तिनाउ खोलामा मात्र एक वर्षको अवधिमा नौ जनाले ज्यान गुमाएका छन् । जसमा १ महिला, ६ पुरुष र २ बालबालिका रहेका छन् । भूतखोला र तिनाउ खोलामा मात्र होइन रामपुर र बगनासकालीस्थित कालीगण्डकी नदीमा समेत धेरैले ज्यान गुमाउनु परेको छ । डुुवेर मृत्युु हुनेहरुको संख्या बढ्दै गएकाले घुम्न आउने पर्यटकहरुलाई सचेत गराउन सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जिल्ला प्रहरी कार्यालयले जोड दिदै आए पनि सम्बन्धित निकायले भने चासो देखाएका छैनन् ।