पाल्पा, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँग सम्झौता गर्दै आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो ।
श्रीनगर एग्रीटेकलाई आईपीओ निष्कासन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले परामर्श सेवा प्रदान गर्ने गरी यी दुई पक्षबीच एक कार्यक्रमका बिच सम्झौता भएको छ । कार्यक्रममा श्रीनगर एग्रीटेकको तर्फबाट प्रबन्ध निर्देशक सतीश श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । श्रीनगर एग्रीटेकले आईपीओ निष्कासन गर्ने प्रयोजनका लागि कर्पोरेट सल्लाहकार सेवाहरू उपलब्ध गराउन नबिल इन्भेष्टमेन्टसँग सम्झौता गरेको हो ।
सम्झौता अनुसार नबिल इन्भेष्टमेन्टले श्रीनगर एग्रीटेकलाई आफ्नो विज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ । यो सम्झौतासँगै नबिल इन्भेष्टमेन्टले श्रीनगर एग्रीटेकलाई आईपीओ जारी गर्न आवश्यक पूर्वतयारीका लागि सघाउनेछ । पूर्वतयारीको काम सकिएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिपछि मात्रै श्रीनगर एग्रीटेकले आईपीओ जारी गर्नेछ ।