Shittalpati
त्रिवर्षीय कार्य योजनाका लागि सुुझाव माग्दै पाल्पा उद्योग वाणिज्य संघ

पाल्पा, जिल्लाका उद्योगी तथा व्यवसायीहरुको छाता संगठन  पाल्पा उद्योग वाणिज्य संघले त्रिवर्षीय कार्य योजनाका लागि स्थानीय तहमा पुगेर सुझाव माग गरेको छ । 

संघले बिहीबार आर्थिक वर्ष २०७९/०८०, २०८१/०८२ को कार्य योजनाका लागि  रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकामा पुगेर उद्योगी, व्यवसायीहरुसँग सुझाव माग गरेको हो । उसले रैनादेवी छहराको रायमाझी कूल देवताको मन्दिरको सभाहल र रिब्दीकोट गाउँपालिकाको कार्यलयमा पुगेर उद्यागी, व्यवसायीहरुसँग सुझाव संकलन गरेको छ । स्थानीयस्तरमा रहेका उद्योगी र व्यवसायीहरुको आवश्यकता र समस्याहरुलाई मध्यनजर गरी सुुझाव संकलन कार्य अगाडि बढाइएको संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताए । उनले भने, ‘स्थानीयस्तरका व्यवसायीहरुबाट आएका सुझावहरुलाई आत्मसाथ गर्दै संघको कार्य योजनामा समेटिने छ ।’

कार्यक्रममा सहभागीहरुले कर शिक्षा, स्थानीय अचारको प्रवद्र्धन गर्न तालिम सञ्चालन गर्नुपर्ने जस्ता संघलाई सुुझाव दिएको संघका कार्यकारिक निर्देशक सुुशील प्रधानले जानकारी दिए । संघका अध्यक्ष शैलेन्द्र भट्टराई, वाणिज्य उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, उद्योग उपाध्यक्ष उत्तमकुमार बज्रचार्य, महासचिव  समिरमान सिंह, सचिव विदुर घिमिरे, संघका कार्यकारी निर्देशक सुशील प्रधान, लेखापाल सरोजलाल शाक्य लगायत संघका कार्यसमिति सदस्यहरु सुझाव संकलनका लागि स्थानीय तहमा पुगेका थिए । उनीहरुले उद्यागी, व्यवसायीहरुबाट लिखित रुपमा सुझावहरु संकलन गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update