Shittalpati
तानसेन र हाम्रो कर्तव्य

किरण चित्रकार
नेपालको लुम्बिनी प्रदेशमा पर्ने पाल्पा जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाले भरिपूर्ण छ । पाल्पाको सदरमुकाम तानसेन काठमाडौं र ललितपुर पछिको तेस्रो तथा पहाडी जिल्लाका नगरपालिकामा पहिलो नगरपालिका हो । २००७ सालमा तानसेन नगरपालिका भएको थियो । यो नगरपालिकाको उत्तरतर्फ कालीगण्डकी करिडोर र दक्षिणतर्फ सिद्धार्थ राजमार्ग रहेको छ । ज्यादै सुन्दर भूपरिदृश्यका रूपमा रहेको तानसेन सहरलाई ‘पहाडकी रानी’ भनेर पनि चिनिन्छ । श्रीनगर पहाडको फेदीमा रहेको तानसेन ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपमा जति महत्वपूर्ण र विविधतापूर्ण छ, भौगोलिक दृष्टिकोणले पनि उत्तिकै आकर्षक स्थलका रूपमा परिचित छ । पुरानो नेवार बस्ती, मठमन्दिर, व्यापार, परम्परागत धातुकला शिल्प र ढाका टोपीका लागि यो जिल्ला प्रसिद्ध छ । काठमाडौँ उपत्यका बाहिरका महत्ववपूर्ण सम्पदा बस्तीहरूमध्ये तानसेन पनि एक हो । यसर्थ तानसेनको विविध विषयमा केन्द्रित रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

तानसेन आफैमा सुन्दर र ऐतिहासिक सहर हो । तानसेनको राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा राम्रो पहिचान छ  तर हिजो आज तानसेनको सुन्दरता र पहिचान माथि कालो बादल मडारिएको छ । जसको कारण तानसेनवासीले आज शिर निहुराउनु परेको छ । नेपालको ताजमहलको रुपमा चिनिएको रानीमहल, एसियाको टप त्रिशुल भएको भैरव मन्दिर, शक्तीको पिठ भगवती मन्दिर, सूर्यकुण्ड भएको स्थान प्रभास, बजारको सिरानमा रहेको रमणीय स्थान श्रीनगरडाँडा जुन स्थानबाट १७ वटा भन्दा बढी हिमदृश्य देख्न सकिने स्थान बतासेडाँडा, पूर्वमा रहेको रम्भादेवी र पाल्पाको वरीपरी रहेका रिमिघाडाँडा, पहाड मदेश तराईको अवलोकन गर्न सकिने कौडेलेक काँडा जस्ता पर्यटकीय स्थलहरु छन् तर, यसको उचित संरक्षण र प्रवद्र्धन गर्ने कुरामा न स्थानीय सरकारको चासो छ नत यहाँका राजनीतिक दलहरुको नै ।

हाम्रो छिमेकी शहर बुटवल (बटौली) जुन बुटवलमा अवल लाग्छ बस्नु हुँदैन भनि पुनः पहाड फर्कने गरेको स्थान आज तिनै पाल्पाली, गुल्मेली, अर्घाखाँची, स्याङ्जालीहरुको बसोबास रहेको बटौली (बुटवल) आज हिलपार्क, फुलबारी, वनबाटिका, गोलपार्कदेखि सञ्चालनमा आएको केबलकारले विकासको फड्को मारेको छ । तर हामी पाल्पालीले अनुपम सम्पदाहरु हुँदा हुँदै पनि विकासमा पछाडी पर्नु परेको छ । यो अत्यन्त दुखद् हो ।

तानसेनको विकासमा स्थानीय सरकार मात्र होइन, यहाँका राजनीतिक दल, पत्रकार र सरोकारवालाहरुको पनि उत्तिकै दायित्व छ । यसबाट कोही पनि अछुतो रहन रहन सक्दैन । यहाँ रानीमहलको संग्रालय पुरा हुन सकेको छैन । यहाँ भएको ४ कोठामा २ वटामा राजा खड्क समशेर र रानी तेज कुमारीको हस्तलेखन फोटा छन् भने १ मा पुराना भाडाहरु छन् । बाँकी रहेका २ कोठामा एकमा पुनाना कपडा र अर्कोमा पुराना हात हतियार, गोली गठन बन्दुक आदि समान खोजी सजाउनु पर्ने देखिन्छ । तानसेनको मुटु श्रीनगरडाँडामा बुटवल फुलबारी र वन वाटिकामा भएका चिडियाखाना र बाल उद्यानको उचित व्यवस्था गरिनुपर्छ । श्रीनगरडाँडामा कृतिम पानी पोखरी निर्माण गरी डुङ्गा सहेर गरिनुपर्छ । पन्छीहरुको बासस्थान विद्युतको भोल्टेज बढाएर कालीगण्डकीको पानीको व्यवस्था, तानसेन वडा नं. ६ मा रहेको बसपार्कलाई पार्किको समस्याले गर्दा दुई तले बसपार्कको निर्माण, तानसेनको टँुडिखेलबाट श्रीनगरडाँडा हुँदै रानीमहलसम्म वा आलमदेवीसम्म केवलकारको व्यवस्था भएमा हाम्रो पाल्पा हामी पाल्पालीको गौरब हुने थियो । यसमा सम्बन्धित निकायको ध्यान जाओस् । ताकी हात्ति आयो हात्ति फुस्सा नहोस् । 

यदी यो कुरा हामी साकार पार्न सक्यौ भने आन्तरिक वा बाÞय पर्यटक, सिक्कीम, नैनीताल, दार्जिलिङ, जानेहरु एक पटक पाल्पाको तानसेन पनि जाउ है भनि उत्तर पोखराबाट फर्केका र दक्षिण लुम्बिनीबाट फर्केका पर्यटकहरुलाई तानसेनमा भिœयाउन सकिन्छ । जसले गर्दा यहाँ भएका व्यवसायहरुको आम्दानीको श्रोतको समेत वृद्धि हुन्छ । यसतर्फ स्थानीय सरकार, राजनीतिक दल र सरोकारवाला सबैको ध्यान जान जरुरी छ ।
(लेखक पाल्पाली कलाकार, नृत्यकार, हाँस्यकार एवं रचनाकार समेत हुन् ।)

प्रकाशित मिति: सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update