पाल्पा, रोटरी क्लव अफ पाल्पा तानसेनले २३ औं स्थापना दिवससँगै पदहस्तान्तरण कार्यक्रम गरेको छ । क्लवले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस र पदहस्तान्तरण गरेको हो ।
क्लवको २०२२–२३ को नेतृत्वले २०२३–२४ को नेतृत्वलाई पद हस्तान्तरण गरेको छ । २०२२–२३ का अध्यक्ष रो.हरी रायमाझीले २०२३–२४ का अध्यक्ष रो.यादवसिं कार्कीलाई संस्थाको माइन्युट हस्तान्तरण गरेका छन् । नवनिर्वाचित अध्यक्ष कार्कीलाई कार्यक्रमका विशिष्ट अतिथि तथा क्लवका एसिस्टेण्ट गभर्नर (एजी) रो.सन्दीप रेग्मीले शपथ ग्रहण गराए भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष कार्कीले गराएका थिए ।
शपथ ग्रहणपछि नव निर्वाचित अध्यक्ष कार्कीले सामाजिक सेवा गर्दै आएको क्लबको नेतृत्वको जिम्मेवारीमा पदस्थापन हुँदा हर्षित भएको बताए । पदस्थापनसँगै उनले आफूलाई थप जिम्मेवारी महसुस भएको समेत बताए । उनले सामाजिक सेवाको भावलाई समर्पित गर्दै क्लबको विधि, विधान अनुसार काम गर्ने बताए । कार्की भने ‘नेतृत्व प्राप्तिसँगै हामी थप जिम्मेवार हुनेछौं । क्लबको इतिहास, अग्रजले सिकाएको पाठ र अगाडिका योजनाहरुलाई आत्मसाथ गर्दै हामी क्लबको प्रतिष्ठासँगै सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै यस कार्यकाललाई स्वर्णिम कार्यकाल बनाउने प्रयास गर्नेछौं ।’ पद हस्तान्तरण गर्दै क्लका निवर्तमान अध्यक्ष रो.हरी रायमाझीले आफ्नो नेतृत्वमा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । उनले अघिल्लो नेतृत्वले सञ्चालन गरेका केही ठूला योजनाहरु सम्पन्न गर्नेदेखि विद्यार्थीहरुमा कानको शिविर सञ्चालन, असहायहरुलाई ह्वीलचियर वितरण, वृक्षारोपण, मिसन अस्पतालमा फोहोर पानी व्यवस्थापनका लागि ३ करोड १८ लाखमा वयस्ट वाटर ट्रिगमेन्ट प्रोजेक्टको टेन्डरमार्फत काम अगाडि बढाइएको बताए । उनले बाँकी परियोजनाहरुलाई नयाँ नेतृत्वले गर्ने आशा व्यक्त गरे ।
कार्यक्रममा प्रमुख अतिथि क्लवका संस्थापक अध्यक्ष रो.छत्रराज शक्यले २७ जना सदस्यहरुबाट स्थापना भएको क्लवको इतिहासका बारेमा जानकारी गराउँदै निःस्वार्थ भावले समाज सेवामा समर्पित हुन नयाँ नेतृत्वलाई आग्रह गरे । क्लवलाई थप बलियो बनाउन र व्यक्तित्व विकासका लागि प्रभावकारी र रचनात्मक ढंगले काम गर्नुपर्नेमा उनले जोड दिए । विशिष्ट अतिथि एजी रो.सन्दीप रेग्मीले समाज परिवर्तनका लागि सकरात्मक सोंच र संकल्पका साथ अगाडि बढ्न नेतृत्वलाई आग्रह गरे । उनले रोटरी अब समाजमा जानुुपर्ने भन्दै समाजलाई रोटरीको बारेमा जानकारी गराउनु अहिलेको आवश्यकता रहेको औल्याए । अर्कोका एजी रो. रवी पोखरेलले डिष्ट्रिक गोल्डलाई आत्मसाथ गर्दै जिम्मेवार पूर्व काम गर्न क्लव पदाधिकारीहरुलाई आग्रह गरे । कार्यक्रममा एजी रो.महोन प्रसाद श्रेष्ठले क्लवको नयाँ नेतृत्वसँगै रिले दौड सुरु भएकाले सोही अनुसार इमान्दार भएर काम गर्नुपर्ने बताए । क्लवका पूर्व अध्यक्ष रो.शैलेन्द्र भट्टराईले रचनात्मक र प्रचारात्मक किसिमले काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरे । अर्को पूर्व अध्यक्ष रो.कृष्णबहादुर रावलले रोटरीको विधि, विधान र प्रणाली भित्र रहेर सामाजिक सेवामा लाग्नुपर्नेमा जोड दिए । क्लवका पूर्व अध्यक्ष रो. प्रदिप उदयले क्लव स्थापना गर्दाको स्मरण गरेका थिए ।
कार्यक्रममा समिरमान सिंहले कार्यक्रमको रिर्पोटीङ गरेका थिए । २०२३–२४ का लागि आइपीपीमा रो. हरी रायमाझी, पिईमा रो. भिमबहादुर श्रेष्ठ, सचिव रो. शशि श्रेष्ठ, कोषाध्यक्षमा रो. विनायक महर्जन, सह– कोषाध्यक्ष रो. त्रिलोचन पौड्याल, सह–सचिवमा रो. समिरमान सिंह चयन भएका छन् । यस्तै क्लवको डाइरेक्टर पव्लिक रिलेसनमा रो. मनिषरत्न गुबाजु, डाइरेक्टर चेयर क्लव रो. बसन्तलाल बज्रचार्य, डाइरेक्टर मेम्वर चिफ रो. अजयमान कर्मचार्य, डाइरेक्टर सर्भिस प्राजेक्टर रो. डा. रचेल कारक, डाइरेक्टर द रोटरी फाउन्डेसन कमिटीमा रो. गंगराम नेपाल, प्रमुख सचेतकमा रो.सुरेशमान कर्मचार्य, आम सकेण्डमा रो. अरुण ज्ञवाली, इडिटर फस्ट रो. रमेशराज बज्राचार्य र इसडटर सेकेन्डमा रो. नारायण घिमिरे चयन भएको नवनिर्वाचित अध्यक्ष कार्कीले बताए । उनले ति पदाधिकारीहरुलाई शपथ गराएका थिए । क्लवका निवर्तमान अध्यक्ष हरी रायमाझीको अध्यक्षता, नवनिर्वाचित अध्यक्ष यादवसिं कार्कीको धन्यवाद ,सचिव भिमहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।