पाल्पा, पाल्पाको ऐतिहासिक भैरवनाथ मन्दिरका मुख्य पुजारी जितनाथ योगी निलम्बनमा परेका छन् । मन्दिरमा आएका महिला दर्शनार्थी माथि यौनजन्य दुर्व्यवहार गरेका कारण योगी निलम्बनमा परेका हुन् ।
योगीले टिका लगाइदिने क्रममा महिला तथा किशोरीहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको विषय बाहिर आएपछि मन्दिर व्यवस्थापन समितिले बिहीबारदेखि लागू हुने गरी निलम्बन गरेको हो । विगत २२ वर्षदेखि मन्दिरमा मुख्य पुजारीका रूपमा कार्य गर्दै आएका ७० वर्षीय योगीले मन्दिरमा दर्शनका लागि आउने महिला दर्शनार्थीहरुलाई टिका लगाईदिने क्रममा यौनजन्य दुव्र्यवहार गरेको भन्ने समाचार बाहिरीएपछि थप अनुुसन्धानका लागि उनलाई निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यो मन्दिरमा नाथ सम्प्रदायका योगी पुुजारी रहने व्यवस्था छ । जसका कारण योगीले वर्षौदेखि मन्दिरमा पूूजा आजा गर्दै आएका थिए । उनले मन्दिरमा दर्शनका लागि आउने भक्तजन तथा दर्शनार्थी माथि गरेको व्यवहारका कारण थप अनुसन्धान गर्न निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताए ।
योगीले महिला माथि यौनजन्य दुुव्र्यवहार गरेको समाचार सार्वजनिक भए लगत्तै मन्दिर व्यवस्थापन समितिले मन्दिरमा जडित सिसि क्यामराको फूटेज समेत हेरेको थियो । उक्त फुटेजमा समाचारमा उल्लेख भए जस्तै कुरा फेला परेपछि अनुुसन्धानलाई सहज बनाउन योगीलाई निलम्बन गरिएको अध्यक्ष पोखरेलको भनाई छ । उनले भने ‘घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउन प्रहरीलाई सहज होस् भनेर योगीलाई निलम्बन गरिएको छ ।’
दर्शन गर्न आएका महिला तथा किशोरीलाई टीका लगाइदिने र प्रसाद दिने बहानामा योगीले उनीहरूको छाती र स्तनमा हातले छुने गरेको सिसि क्यामराको फूटेजमा देखिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । घटना बाहिर आएपछि योगी निलम्बन भए पनि जिल्ला प्रहरी कार्यालयमा पिडितबाट जाहेरी भने परेको छैन् । पूजारीको विषयमा जानकारी प्राप्त भए पनि पिडितबाट जाहेरी नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक भुुपेन्द्र थापाले बताए । उनले भने ‘पिडिततर्फबाट मौखिक रुपमा बुुझ्ने काम भएको तर लिखित रुपमा जाहेरी आएको छैन् ।’ प्रहरीले घटनाको सुुक्ष्म अध्ययन भने गरेको छ । समितिले पुजारी योगीलाई परिवारको जिम्मा लगाउने तयारी गरेको छ । उनको घर दाङ हो ।
योगीबाट आर्थिक अनियमिता
पुजारी योगी आर्थिक अनियमितामा समेत बेला बेलामा मुुछिदै आएका थिए । उनले यस अघि मन्दिरमा दर्शनार्थीले दान पत्रमा चढाएको भेटी र जिन्सी सामग्रीमा अनिमियत गर्ने गरेको पाइएको थियो । मन्दिरमा आर्थिक अनियमिता भएपछि अख्तियार अनुुसन्धान आयोगमा उजुरी समेत परेको थियो । समितिले योगीको मासिक तलव १८ हजार ४ सय निर्धारण गरे पनि मन्दिरमा चढाइएको दान, भेटी आफू खुशी प्रयोग गर्दै आएका थिए । उनलाई समितिले खाना,बस्न, औषधि उपचार, घर जान, आउन भाँडा समेत दिने गरेको थियो । पटक–पटक विवादमा तानिएका मुख्य पुजारी निलम्बनमा परे पनि मन्दिरको नियमित पूूजा भने रोकिएको छैन । मन्दिर व्यवस्थापन समितिले नियमानुसार दैनिक पुजा सञ्चालनका लागि सहायक पुजारी कमलनाथ योगीलाई जिम्मेवारी दिएको छ ।
समितिलाई दवाब
मन्दिर व्यवस्थापन समितिले पुुजारीलाई निलम्बन गरेपछि समिति माथि दवाब आउने गरेको छ । घटनाको सत्य तथ्य नबुुझि सम्मानित गुुरुको अपमान गरेको भन्दै उनका आफ्न्त र केही उच्चपदस्थ व्यक्तिहरुबाट समितिलाई दवाब आउने गरेको हो । पुुजारीसँग साँठगाठ भएका व्यक्तिहरुले समितिको नेतृत्वलाई फोन गरी पुजारी योगीले त्यस्तो कार्य गर्न नसक्ने तर राजनीतिक प्रतिशोध साँधेर त्यस्तो गरिएको हुन सक्ने भन्दै दवाब आउने गरेको स्रोतले जनाएको छ । पुुजारीमाथि कुनै नियतवस त्यस्तो गरिएको हुन सक्ने भन्दै त्यसको सत्य तथ्य नबुुझी निलम्बन गर्न नहुने भन्दै समितिलाई दवाब आउने गरेको हो । समितिले भने विभिन्न मिडियाहरुमा समाचार आएको र सिसि क्यामाराको फुटेजमा समेत पुुजारीबाट नराम्रो हर्कतका घटनाहरु देखिएकोले थप अनुुसन्धानका लागि निलम्बन गरेको जनाएको छ ।