Shittalpati
आज पुष्पलाल जयन्ती 

पाल्पा, आज नेपाल कम्युनियट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मजयन्ती हो । नेपालका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी उनको योगदानको सम्झना गर्दै जन्मजयन्ती मनाउँदै छन् ।

१५ असार १९८१ मा पूर्वी पहाडी जिल्ला रामेछापको भँगेरीमा श्रेष्ठको जन्म भएको हो । उनको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । राणा विरोधी आन्दोलनका शहीद ग·ालाल श्रेष्ठका माइला भाइसमेत रहेका श्रेष्ठ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय भए । छोरा राजनीतिमा लागेकै कारण पिता भक्तलाललको सुब्बाको जागिर खोसिएको थियो । २०१७ सालको राजाको कदम पछाडी उनले भूमिगत निर्वासित जीवन विताएका थिए । त्यसपछि २०२५ सालमा पञ्चायती निरंकुशताको अन्त्यका लागि‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ अगाडि सार्ने उनी पहिलो नेता हुन् । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । श्रेष्ठको जन्म जयन्तीका अवसरमा पाल्पामा आज विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update